Logo कार्तिक १४, २०७७ शुक्रबार


आज शनिवार इतिहासकै अनौठो दिन, यस्तो छ महत्व

एजेन्सी । आज शनिवार अँग्रेजी पात्रो अनुसार अक्टुबर महिनाको १० तारिख सन् २०२० हो । यसलाई अंकमा लेख्दा १०१०२०२० हुन्छ । अंकहरुको यस्तो अनौठो संयोजनले गर्दा आजको दिनलाई इतिहासकै विशेष दिन मानिएको छ । अर्थात आजको जस्तो विशेष दिन इतिहासमा फेरि दोहोरिएर कहिल्यै आउने छैन । हुन त प्रत्येक सेकेण्ड,मिनेट,घण्टा,दिन र वर्षको उस्तै महत्व र मूल्य रहेको हुन्छ । त्यसमा पनि आजको दिन इतिहासकै सबैभन्दा महत्वपूर्ण दिनको रुपमा रहेको छ ।

त्यसो त आजको दिन अंकको संयोजनको दृष्टिले मात्र होइन अंकशास्त्रीय रुपमा समेत महत्वपूर्ण रहेको अंकशास्त्रीहरु बताउछन् । अंकशास्त्री श्रद्धा सल्लाका अनुसार आजको दिन शक्तिको मार्ग खुल्ने दिनको रुपमा रहेको छ । यसको अर्थ के हो भने आजको दिनले हामीलाई एउटा नयाँ दिशाबोध गर्नेछ । अँग्रेजी वर्ष २०२० सकिन अझै ८३ दिन बाँकी छ । तर अंकशास्त्रीरुका अनुसार आज अर्थात अक्टुबर १० बाटै नयाँ शुरुवात हुनेछ । अंकशास्त्री श्रद्धा भन्छिन्–नयाँ शुरुवात यसकारण कि आजको दिनले शक्तिशाली मार्गनिर्देशको ढोका खोलिदिएको छ । अंक एक र दुईलाई अंकतालिकामा सबैभन्दा बलियो मानिन्छ । यी दुई अंकसँग चन्द्र र सूर्यको शक्ति हुन्छन् । त्यसैले आजको दिन ठूलै खगोलीय परिवर्तन हुने देखिन्छ ।

१०१०२०२० मा निहीत अंकहरुलाई जोड्दा यसको योग ६ हुन्छ । यो शुक्रको शक्ति हो । यसले मान्छेको काम,व्यापार र धनमा प्रभाव पार्दछ । त्यसैले मान्छेहरुले ठूलै पवर्तनको अनभूति गर्न सक्दछन् । त्यसो त यो पूरै अक्टुबर महिनाभरि नै शुक्रको प्रभाव भारी रहनेछ ।

अंकशास्त्रका अनुसार १०१०२०२० मा दुवै अंक (१ र २) दुई दुई पटक दोहोरिएका छन् । यो मजबुतीको प्रतीक हो । त्यसमाथि आजको दिन शनिवार परेको छ । शनिवार शनी ग्रहले शासन गर्ने दिन हो । यी सबै तत्वहरुको संयोगले आजको दिन नयाँ शुरुवातका लागि इतिहासकै सबैभन्दा उत्तम दिन रहेको अंकशास्त्री श्रद्धाको भनाइ छ ।

विवाह र नयाँ सम्बन्धका लागि प्रतिकूल दिन

आजको दिन नयाँ व्यापार व्यवसाय वा सिर्जनात्मक काम शुरु गर्न चाहनेका लागि उत्तम दिन हो । तर अंकशास्त्रीहरुका अनुसार आज नयाँ सम्बन्ध शुरु गर्नेहरुका लागि भने होइन । अर्थात आज विवाहका लागि उत्तम योग छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।