Logo फाल्गुन १५, २०७७ शनिबार


स्थानीय तहमा कृषि उत्पादन केन्द्र

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र (ब्लक) सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रमका लागि प्रस्ताव दर्ता गर्न किसानसँग कार्यालयले अनुरोध गरेको छ ।

काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ६, ७ र ११, बनेपा नगरपालिका वडा नम्बर १, पाँचखाल नगरपालिका वडा नम्बर २, ३, ६ र १२ र धुलिखेल नगरपालिका वडा नम्बर १, २ र ३ मा तरकारी ब्लक सञ्चालन गरिने कार्यालयका प्रमुख तेजप्रसाद दुवाडीले बताउनुभयो ।

दुवाडीका अनुसार रोशी, नमोबुद्ध, खानीखोला, तेमाल र महाभारत गाउँपालिकामा मकै ब्लक सञ्चालन हुनेछ । यस्तै भुम्लु गाउँपालिका वडा नम्बर २ र ३ मा सुन्तला र बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा चिया ब्लक सञ्चालन हुनेछ ।

यसैबीच सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ र ७, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ६ र पाँचपोखरी गाउँपालिका वडा नम्बर ३, ४ र ७ मा तरकारी ब्लक सञ्चालन हुनेछ । मेलम्ची नगरपालिकामा किवी, हेलम्बु गाउँपालिकामा स्याउ र चौतारा साँगाचोकगढी नगरपालिकामा चिया ब्लक सञ्चालन हुने बताइएको छ ।

त्यस्तै लिसङ्खुपाखर, जुगल र भोटेकोशी गाउँपालिकामा आलु ब्लक सञ्चालन हुनेछ भने सुनकोशी, बलेफी र इन्द्रावती गाउँपालिकामा मकै ब्लक सञ्चालन गरिने कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।