Logo कार्तिक ११, २०७७ मंगलबार


सिजनमा गिट्टी चालेर खाने हामीले घर कसरी बनाउने ?

झापा । गत असारमा शिवसताक्षी वडानम्बर १० माईबगरका सुकुमबासी दलित दुर्गा मुसहरको घर माई नदीमा आएको बाढीले बगायो । तीन दशकदेखि बस्दै आएको घर खोलामा विलय भएपछि उनको चारजनाको परिवार नदीको तटीय क्षेत्रमा टहरा बनाएर बसेको छ ।

त्यसयता घरपालुवा जनावर पाल्न बनाइएको गोठजस्तो परालले बेरेको छाप्रोमा दुर्गा मुसहरको परिवार बस्दै आएको छ । वरिपरिबाट भित्र छिर्न सक्ने छड्के पानी छल्न गुन्द्री लगाइएको छ भने माथिबाट रेडक्रसले दिएको त्रिपाल ओढाइएको छ । भित्र एउटा मात्रै ओछ्यान र खाना पकाउने ठाउँ छ । चारजनालाई सुत्न एकदमै मुस्किल पर्छ । बर्खायाममा पानी चुहिएर रातभर सुत्न नसकिने मुसहर बताउँछिन् ।

पानी परेको वेला चुहिएर सुतिसक्नु नहुने दुर्गा बताउँछिन् । भन्छिन्, ‘हावा आउँदा त्रिपाल समाएर बस्नुपर्छ । अरू वेला पनि सर्प आउँछ कि भन्ने डरले केटाकेटी जोगाउनै मुस्किल हुन्छ ।’ कोरोना महामारीले रोजगारी पनि खोस्यो । अहिले दिनमा एक छाक खाएर भए पनि बस्नुपर्ने अवस्था छ,उनले भनिन् ।

दैनिक काम खोज्दै हिँड्ने दुर्गाका श्रीमानले अब माई नदीमा गिट्टी कुटेर परिवारले चलाउने योजना बनाएका छन् । बाढीले भएको जति सबै बगाएपछि अहिले उनको परिवारमा खान पनि धौधौ छ । ‘अलिकति ओतसम्म लाग्ने घर भएको भए पनि हुन्थ्यो,’ उनी भन्छिन्, ‘जग्गा एक चपरी छैन, अरूकहाँ घर बनाउन पनि दिँदैनन् । धन्न यहाँचाहिँ बस्न पाएका छौँ ।’

माई नदीको बाढीले एक वर्षअघि मुसहरका ५ घर बगाएको थियो । यस वर्ष ९ घरसहित १२ घर बगाएको तथ्यांक शिवसताक्षी नगरपालिकामा छ । तर, नगरले उनीहरूको व्यवस्थापनका लागि भने कुनै चासो दिएको छैन ।

मजदुरी गरेर खाने दिलीप ऋषिदेवको घर खोलाले बगाएको एक वर्ष भयो । साथमा साना नानी छन् । वरिपरि टिनले टाटी लगाइएकाे दिलीपको घरमा बर्खामा पानी चुहिएर खपिसाध्यै हुँदैन । हिउँदमा चिसोले बच्चालाई जोगाउनै मुस्किल परेको उनको भनाइ छ ।

पानी पर्न थालेपछि आफू भिजेर भए पनि बच्चालाई न्यानो लुगामा बेरेर सुरक्षित गर्ने गरेको उनले बताए । ‘अस्ति १० किलो चामल ल्याएर दिए । बरू त्यसको सट्टा एउटा घर बनाइदिए हुने थियो । बरू एक–दुई दिन नखाएरै बस्न सकिन्छ,’ उनी भन्छन्, ‘सिजनमा गिट्टी चालेर खाने हामीले घर कसरी बनाउने ?’ आजको नयाँ पत्रिकाबाट ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स