Logo मंसिर १०, २०७७ बुधबार


यी हुन् काेराेनाभाइरसकाे उच्च संक्रमण भएका दश देश

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण संख्या ७९ लाख ९१ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय सोमबार जानकारी दिएको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १९ हजार नाघेको छ ।

कोरोना संक्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ७१ लाख २० हजार भन्दा बढी संक्रमण भएका र यस संक्रमणबाट एक लाख ९ हजार जनाको मृत्यु भईसकेको छ ।

कोरोना संक्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा संक्रमितको संख्या ५० लाख ९४ हजार नाघेको छ । संक्रमणको कारण एक लाख ५० हजार भन्दा बढीको मृत्यु भएको छ । खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १३ लाख १२ हजार भन्दा बढी संक्रमित रहेका छन् भने २२ हजार ७२२ जनाको मृत्यु भएको छ भने दैनिक संक्रमणको संख्या पनि बढ्दो छ ।

कोलम्बियामा ९ लाख ११ हजार ३ सय १६ जना कोरोनाभाइरस संक्रमण भएका छन् भने २७ हजार ८ सय ३४ जनाको मृत्यु भएको छ । अर्जेन्टिना ८ लाख ९४ हजार भन्दा बढी व्यक्ति कोरोनाभाइरस संक्रमण भएका छन् भने २३ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ ।

स्पेनमा ८ लाख ९० हजार ३ सय ६७ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् भन ३२ हजार ९ सय २९ जनाको मृत्यु भएको छ । पेरुमा ८ लाख ४९ हजार ३ सय ७१ मा व्यक्ति कोरोनाभाइरस संक्रमित भएका छन् भने ३३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ८ लाख ३७ हजार ७ सय ८१ व्यक्ति कोरोनाभाइरस संक्रमित भएका छन् भने ८३ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ ।

फ्रान्समा ७ लाख ३४ हजार ९ सय ७४ व्यक्ति कोरोनाभाइरस संक्रमित भएका छन् भने ३२ हजार ६ सय ८३ जनाको मृत्यु भएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आइतबारसम्म १० लाख ८१ हजार ७ सय ९ जना पुगेको छ ।

यस भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७७ लाख ७९ हजार पुगेको छ । कूल संक्रमितमध्ये दुई करोड ८३ लाख ३ सय ६७ हजारभन्दा बढी निको भएका छन् भने करिब ८२ लाख ८२ हजार मानिस सक्रिय संक्रमित छन् । विश्वभर अझै पनि ६८ हजारभन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको बताइएको छ ।

यूरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलको जस्तै बुझाइ नेकपाको दोस्रो पुस्ताका अधिकांश नेता/ कार्यकर्ताहरुले व्यक्त  गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार १ सय ४० निको भएका छन् ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दशमलव ८ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री…

अहिले शेयर बजारका लागि हरेक हिसाबले उपयुक्त महोल बनेकाले लगानीकर्ताले लगानी बढाएको देखिन्छ ।

पर्यटक विहीन बनेको ठमेल बजारमा केही दिनयता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका व्यपारीहरुले बताएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले गत कात्तिक २८ गते ३० हजार मेट्रिक टन बराबरको दोस्रो ठेक्कामा पनि जमानत जफत गर्ने निर्णय…