Logo कार्तिक १४, २०७७ शुक्रबार


अविवाहित र कुमार पुरुषलाई कोरोनाको खतरा बढी !

एजेन्सी । तपाई अविवाहित अर्थात कुमार हुनुहुन्छ भने तपाईका लागि दुखद खबर छ ।

वैज्ञानिकहरुका अनुसार कुमार पुरुषमा कोरोना भाइरस संक्रमण भए विवाहितको तुलनामा बढी खतरा हुन्छ । यस्तै तपाई पुरुष हुनुहुन्छ, निम्न आयस्रोत भएको वर्गमा पर्नुहुन्छ अथवा तपाई कम पढेलेखेको हुनुहुन्छ भने तपाई कोरोनाबाट हुने मृत्युको बढी जोखिममा हुनुहुन्छ ।

कोरोना भाइरसबाट कुमार अर्थात अविवाहित पुरुष किन खतरामा हुन्छन् त ? थाहा पाउनुहोस् यी ३ कारण :

१. कोरोनाबाट मृत्यु हुनेमा २० वर्षभन्दा माथिकम युवा बढी

स्वीडेनको स्टकहोम विश्वविद्यालयले गरेको अध्ययन टोलीका शोधकर्ता ड्रेफाल भन्छन–अध्ययनका क्रममा हामीले विश्वास नै गर्न नसकिने नतिजा प्राप्त गर्यौं । हालसम्मको तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा २० वर्ष बढीका पुरुषको संख्या धेरै छन् ।

२. पुरुषका लागि यसकारण खतरा बढी

स्वीडेनको यस अध्ययनले भन्छ कि महिलाको तुलनामा पुरुषलाई कोरोना भाइरसको संक्रमणको खतरा दुई गुणा बढी रहेको छ । तर विवाहित पुरुषका लागि भने खतरा अलि कम छ । अविवाहित महिला र पुरुष दुवैका लागि खतरा डेढ देखि दुई गुणासम्म बढी रहेको अध्ययनको निचोड छ । विवाहितको तुलनामा अविवाहित वा एक्लै बस्नेहरुमा विभिन्न स्वास्थ्य समस्या बढी हुने अध्ययनमा पाइएको उल्लेख छ ।

३.महिलालाई भन्दा पुरुषलाई यसकारण खतरा बढी

वैज्ञानिकहरुको तर्क छ कि पुरुषको तुलनामा महिलाको शारीरिक बनावट र जीवनशैली फरक हुन्छन् । कम शिक्षित वा न्यून आय भएकाहरुको जीवनशैली वा जीवनस्तर पनि फरक हुन्छन् । उनीहरु आफ्नो स्वास्थ्यप्रति कम सचेत रहने गरेको अध्ययनका क्रममा पाइएको छ । यसकारण उनीहरुमा कोरोना भाइरसको संक्रमण बढी हुने खतरा बढेको हो ।

एजेन्सीहरुबाट ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।