Logo मंसिर ११, २०७७ बिहीबार


इलाममा ३८ हजारभन्दा बढी सवारी कारबाहीमा

भगीरथ भण्डारी
इलाम । जिल्लामा ३८ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परेका छन् । साना ठूला गाडी गरी ३८ हजार पाँच सय ११ वटा गाडी कारबाहीमा परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामका प्रमुख योगेन्द्र दाहालका अनुसार कारबाहीमा परेका सवारी साधन र दुर्घटना पछिल्लो समय घट्दै गएको छ । आर्थिक वर्ष २०७४/०७५ मा सबैभन्दा बढी जिप, कार, भेन कारबाहीमा परेका छन् । कारबाहीमा परेकाको संख्या पाँच हजार सात सय नौ वटा रहेका छन् ।

यस्तै मोटरसाइकल पाँच हजार चार सय एक, ट्रक दुई हजार सात सय ४४, टेक्टर आठ सय ६ र बस तीन सय २६ रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ मा जिप, कार, भेन पाँच हजार चार सय ९५, मोटरसाइकल पाँच हजार एक सय २२, ट्रक एक हजार नौ सय चार, टेक्टर छ सय ४९ र बस चार सय ४० रहेका छन् । आर्थिक वर्ष २०७६/०७७ मा जिप, कार, भेन तीन हजार चार सय ८७, मोटरसाइकल तीन हजार दुई सय ८६, ट्रक एक हजार दुई सय १८, ट्याक्टर चार सय ५५, बस एक सय ८६ र अन्यमा ८३ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।

सबैभन्दा बढी जिप, कार र भेन कारबाहीमा परेका छन् भने सबैभन्दा कम अन्य सवारी साधन रहेको तथ्यांकले देखाउछ । यसैगरी चालु आर्थिक वर्ष २०७७/०७८ मा भने साउन महिनामा मोटरसाइकल एक सय ९१, कार, जिप एक सय ७७, ट्रक ९६, ट्याक्टर ६१, टेम्पो/सिटि ३१, टिपर तीन वटा रहेका छन् । भदौ महिनामा कार जिप दुई सय ३२, मोटरसाइकल दुई सय २१, ट्रक एक सय १२, ट्याक्टर ४१, टेम्पो/सिटि २७, टिपर छ र अन्यमा दुई वटा सवारी साधन कारबाहीमा परेका छन् ।

दुर्घटनामा परी २५ जनाको ज्यान गएको छ भने एक सय ५१ जना घाइते भएका छन् । जसमा ३५ जना सक्त घाइते भएका छन् । एक सय १८ जना भने सामान्य घाइते भएका छन् । दुर्घटना संख्या भने ६० रहेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा भने एक/एक वटा सवारी साधन दुर्घटनामा पर्दा एक/एक जना घाइते भएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा ७३ सामान्य घाइते, १६ सक्त घाइते र सात जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३४ सामान्य घाइते, १० सक्त घाइते र आठ जनाको मृत्यु भएको छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा सामान्य घाइते नौ, सक्त घाइते नौ र मृत्यु आठ जना रहेको छ भने चालु आर्थिक वर्षमा दुई जना घाइते भएको कार्यलयले जानकारी दिएको छ ।

सवारी साधन कारबाहीबाट जिल्लामा दुई करोड भन्दा धेरै राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्ममा दुई करोड १८ लाख ८८ हजार रुपैँया राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । कार्यलयको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७४/०७५ मा ८१ लाख ९२ हजार, आर्थिक वर्ष २०७५/०७६ मा ८० लाख १४ हजार पाँच सय, ४९ लाख ९९ हजार र चालु आर्थिक वर्षमा साउनमा तीन लाख १२ हजार पाँच सय, भदौमा तीन लाख ७० हजार रुपैँया रकम संकलन भएको छ ।

तथ्यांकलाई हेर्दा कारबाही र दुर्घटनाको संख्या घटेको पाइएको छ । विभिन्न स्थानमा बोर्ड राखिनु, कन्भेक्स ऐना राखिनु र जनचेतना मूलक कार्यक्रम गरिनुले कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । झापा र इलामको सिमाना जोरकलशदेखि पाँचथर र इलामको सिमाना राँकेसम्मको स्थानमा गरी एक सय ५८ बोर्ड राखिएको छ । सडकको हरेक घोलाईमा २० वटा कन्भेक्स ऐना राखिएको कार्यलयले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…