Logo मंसिर ११, २०७७ बिहीबार


थप २६३८ जनामा कोरोना, सक्रिय संक्रमित ३६,३६७ पुगे

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १३ हजार नौ सय ४७ जनामा गरिएको परीक्षणमा दुई हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३६ हजार तीन सय ६७ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा दुई हजार एक सय ७४ जना संक्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या ८० हजार नौ सय ५४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज काठमाडौं उपत्यकामा मात्र एक हजार चार सय तीन जनामा कोरोना संक्रमण देखिएको छ । हाल देशभर संस्थागत आइसोलेसनमा १४ हजार आठ सय १९ जना रहेका छन् भने होम आइसोलेसनमा २१ हजार पाँच सय ४८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा २३ जनाले ज्यान गुमाएका छन्।

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा पनि छलफल गरिएको श्रृंगलाले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य गगन थापाले नागपोखरी-भगवती बहाल क्षेत्रलाई नारायणहिटी संग्रहालयसँग राखेर विकास गर्नुपर्ने बताउनुभयो ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ ।

चितवन । प्युठानबाट बिरामी बोकेर काठमाडौं जादैँ गरेको पिकअप भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका तीनै जनाकाे पहिचान खुलेकाे छ…

महोत्तरी । स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य हुँदैछ । बर्दिबासमा छ वर्षीया…