Logo मंसिर १४, २०७७ आइतबार


डेढ वर्षे छोरासहित महिला खोलामा हाम फालिन्, आमाको उद्धार बच्चाको मृत्यु

चितवन । एक महिलाले डेढ वर्षीय छोरासहित खोलामा हाम फालेकी छन् । आमाको उद्धार भए पनि बच्चाको भने मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटेले बुधबार दिउँसो साढे २ बजे छोरा बोकेर राप्ती खोलामा हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी सूर्य थापाका अनुसार महिलाले रक्सी खाएर खोलामा हाम फालेको खुलेको छ । घटनापछि इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले महिलाको उद्धार गरेको थियो । बालक बगेर तलै गइसकेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरी टोलीले घटनास्थलभन्दा दुई किलोमिटर तल मेजरघाटमा बच्चाको शव फेला पारेको हो । महिलालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार कालिका नगरपालिकाको पदमपुर घर भएकी ती महिला १० वर्षयता पटिहानी बोटे टोलमा डेरामा बस्दै आएकी थिइन् । महिला स्थानीय नारायण बोटेको घरमा डेरा लिएर बस्दै आएका राम बोटेकी कान्छी श्रीमती रहेको खुलेको छ ।

‘रक्सी खाएको र बाटोमै सुतेको अवस्थामा मैले यसरी बाटोमा नसुत घरतिर जाउँ भनेको थिएँ ,रिसाउँदै कराउँदै घरतिर गएजस्तो लागेको थियो’ रामले भने ।केही बेरपछि छोरो बोकेर उनी खोला तिर लागेकी थिइन् । राम बोटेले भने ‘मैले घर नजिकैको पार्कमा बस्न छोरो लिएर गइन् सोचें तर उता तटबन्ध गरेतिर लागेर एक्कासि हाम फालिन ।’

बेला बेलामा सामान्य विवाद हुने गरे पनि कहिल्यै ठूलो झगडा नभएको उनको भनाइ छ । तर उनले त्यसो किन गरिन् ? भन्नेबारे भने आफूले नबुझेको बोटेले बताए । राम बोटे ज्याला मजदुरी गरेर गुजारा जिविका धान्दे आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे एकदिने ‘वर्किङ भिजिट’ का लागि आज काठमाडौं आइपुगेका छन् । केही…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले उठाएका सवालबारे सचिवालय बैठकमा अर्का अध्यक्ष तथा…

किन चाहिएको छ नेकपामा एकता ? एकता कसलाई चाहिन्छ ? पार्टी एकताका आधार के हुन सक्छन् ?

महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ काममा खर्च हुनेछ ।

पार्टी एकीकरण पछिका सहमतिका बारेमा सविस्तार केही कुरा राख्नु पूर्व म इतिहासका केही प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।