Logo माघ ६, २०७७ मंगलबार


मलकाे अभावसँगै रोगको प्रकोप, धान उत्पादन घट्ने अनुमान

गुल्मी । धुर्कोट गाउँपालिका–५ का किसान सुरेन्द्र पाण्डेको खेतमा गत वर्ष झण्डै ८५ मुरी धान फल्यो । उनको इस्मा गाउँपालिका–३ दर्लामचौरको घम्मु फाँटमा २१ रोपनी खेत छ । यस वर्ष उनको धानबालीमा रसायनिक मल हाल्न नपाउँदा र विभिन्न प्रकारका रोग देखिँदा सोचेजस्तो उत्पादन नहुने देखिएको छ ।

पाण्डेले धानको बोटको टुप्पोमा सानासाना किरा लागेको, जरा काटेको, गुबोभित्र किरा लागेको तथा बाला सुक्नेजस्ता समस्या रहेको बताउँछन् । धानको उत्पादन कम हुँदा गाईभैँसीलाई खुवाउने दानासमेत बढी किन्नुपर्ने उनको गुनासो छ ।

त्यसैगरी धुर्कोटकै भिमलाल पाण्डे पनि यो वर्ष धानको उत्पादन घट्ने भएपछि चिन्तित छन् । ‘टारी खेतको मुख्य उत्पादननै मकै र धान हो, मकै पनि यो वर्ष खासै राम्रो भएन’, उनले भने, ‘धानको आशामा चित्त बुझाएका थियौँ, आशा निराशामा परिणत हुने भयो ।’ दर्लामचौरको घम्मु फाँटमा मात्रै ४७ परिवारको दुई सय पाँच रोपनी जग्गा छ । पाण्डेले सबैको खेतमा एउटै प्रकारको समस्या देखिएकोले सिङ्गो फाँटको उत्पादनमा कमी आउने बताए । ‘यस फाँटमा सामान्यतया एक रोपनी खेतमा चारमुरीसम्म धानको उत्पादन हुन्थ्यो’, उनले भने, “विभिन्न समस्याले गर्दा अहिले प्रतिरोपनी एक मुरीमात्रै धान हुने सम्भावना छ ।’

बिषादीको सिफारिस

गुल्मीमा आर्थिक वर्ष २०७६र७७ मा कूल ६ सय मेक्ट्रिकटन युरिया मलको माग भएकोमा पाँच सय ४३ मेक्ट्रिक टन मात्र आपूर्ति भएको थियो । यस्तै एक सय ७५ मेक्ट्रिक टन डिएपी मलको माग भएकोमा एक सय ४३ मेक्ट्रिक टन मात्र आयात भएको थियो । त्यसरी आएको मल पनि समयमै नआउँदा समस्या परेको कृषि ज्ञान केन्द्रनै स्वीकार गर्छ ।

केन्द्रका कृषि प्रसार अधिकृत टिकाराम न्यौपानेले विभिन्न विषादीको प्रयोगद्वारा अहिलेको समस्या समाधान हुनसक्ने बताउनुभयो । अहिले धानको जरामा लियान्पोट नामको व्याक्टोरिया र धानको गुबामा बोर नामको किराले आक्रमण गरेको कारण धान खेतीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

ब्याक्टोरियाको लागि ‘एग्रीमाइसिन’ र बोर किराको लागि ‘कार्बोसिउरान’ नामको बिषादी केन्द्रले सिफारिस गरेको उहाँको भनाइ छ । त्यसका लागि कार्यालयले आकस्मिक बाली संरक्षण कार्यक्रममार्फत बिषादी उपलब्ध गराउन सक्ने तर त्यसका लागि किसानले कार्यालयमा सम्पर्क गनुपर्ने उहाँले बताउनुभयो । किसानका समस्या स्थानीय तहको कृषि शाखाबाट समाधान हुनसक्ने उहाँको भनाइ छ ।

१० हजार हेक्टरमा धान खेती

जिल्लामा धान खेतीका लागि कूल क्षेत्रफल १० हजार चार सय ४० हेक्टर हो । जसमध्ये नौ सय ८२ हेक्टरमा चैते र नौ हजार चार सय ८५ हेक्टर क्षेत्रफलमा बर्खे धानको खेती हुन्छ । यो वर्ष स्थानीय तहको बाँझो जग्गा खन्ने अभियान तथा लकडाउनका कारण थप जग्गामा समेत धान खेती गरिएको अनुमान छ । तर, त्यसको आधिकारीक तथ्यांक भने छैन । चौरासी, अश्लेवा, ग्वादी, खज्र्याङ्ग, दम्का, सोता, आपचौर, वामीलगायत क्षेत्रमा बढी मात्रामा धान खेती हुने गर्दछ ।

ती क्षेत्रहरुमा चन्दिना, सीएच ४५९, खुमल ४, खुमल ६, मकवानपुर १, हाइब्रिट युएस् ३१२, उपज, क्रान्तीलगायत उन्नत जातका धान लगाईने गरिन्छ । जिल्लामा हशंराज, आपझेत्ते, मार्सि काठेजिनुवा, जडन, जेठो बुढोलगायत स्थानीय जातका पनि धान लगाईने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको धान उत्पादनको कुल क्षेत्रफलमध्ये चैते धान खेती हुने क्षेत्रफल चार सय ८० हेक्टर र वर्षे धान उत्पादन हुने क्षेत्रफल नौ हजार नौ सय ६० हेक्टर रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सनबहादुर रानाले जानकारी दिनुभयो । जिल्लामा आव २०७५र७६ मा २७ हजार नौ सय ८९ तथा २०७६र७७ मा २८ हजार सात सय २३।७५ मेक्ट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको १५० वर्षीय इतिहासमा आफ्ना उत्तराधिकारीलाई व्हाइट हाउसमा स्वागत नगर्ने राष्ट्रपति बनेका छन् । नवनिर्वाचित राष्ट्रपति…

काठमाडाैं  ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणाविरुद्ध जाग्न…

कमला हमाल काठमाडौं । संवैधानिक इजलाशमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाई जारी छ । सुनुवाइको दोस्रो दिन सोमबारको…

यतिबेला देशका मध्य तथा पूर्वी तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

दाजुभाइमा सम्बन्ध सुधार हुनेछ । स्त्रीपक्षबाट लाभ मिल्नेछ । मित्रकोे सहयोग पाइनेछ ।

अनलाइन संचारमाध्यम नवीकरण गर्ने ब्यवस्था खारेजीको माग गर्दै सर्बोच्चमा रिट दायर भएको छ ।