नेता खनाल डिस्चार्ज हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।
रक्तचाप बढेपछि धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा सुधार आएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।
भट्टराइले भन्नुभयो ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ ।’ चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।
खनालको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो । स्वास्थ्यमा आएको क्रमिक सुधारका कारण आजै साँझ खनाललाई डिस्चार्ज गरिने भएकाे हाे ।