Logo कार्तिक १४, २०७७ शुक्रबार


बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या

धनकुटा । यहाँको महालक्ष्मी नगरपालिका वडा नम्बर १ मारेककटहरेकी एक महिलाले आफुमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी छन् । मारेककटहहरेको घुमाउनेकी ३० बर्षीया कमला गुरुङले स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् ।

लीलबहादुरले बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको पाइएको धनकुटा प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिनुभयो । राती ढोका फुटाएर आफुमाथि बलात्कार प्रयास गरेपछि खुकुरी प्रहार गरेको महिलाले प्रहरीलाई बयान दिएकी छन् ।

महिलालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानले बलात्कारको प्रतिकारमा हत्या भएको देखिएको पुष्टि गरेको छ । प्रहरी प्रमुख गोबिन्द अधिकारीका अनुसार मृतक लीलबहादुरको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

घटना मंगलबार राती करिब १० बजे घटेको कमलाको भनाई उदृत गर्दै स्थानीयले बताएका छन । राति घरमा आएर लीलबहादुरले ढोका ढकढकाएर खोल्न आग्रह गरेको र भित्रबाट नखोलेपछि बाहिरबाटै चुकुल उत्काई भित्र पसेर आफूमाथि बलात्कार प्रयास गरेपछि आफूले खुकुरीले हिर्काउँदा उनको मृत्यु भएको कमलाले बयान दिएकी छन ।

खुकुरी प्रहारपछि भागेका लीलबहादुर टाउकोमा गम्भीर चोट लागेका कारण बुधबार बिहान स्थानीय लाहुरे खोल्सीमा मृतवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।