Logo बैशाख २, २०७८ बिहीबार


नवनियुक्त ३ मन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त ३ मन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले लाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई अर्थ, श्रेष्ठलाई शहरी विकास र श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले  तीनै जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । शपथ ग्रहण समारोहमा सरकारी सञ्चार माध्यम बाहेक अरुलाई प्रवेशमा रोक लगाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।