Logo मंसिर १२, २०७७ शुक्रबार


कञ्चनपुरमा थप एक कोराना संक्रमित महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कञ्चनपुर नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको विहीबार घरमै मृत्यु भएको हो ।

अर्बुद रोगबाट पीडित महिलाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित उनमा संक्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभयो ।

त्यस्तै, शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको पनि नगर प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो । यससँगै जिल्लामा कोरोना संक्रमणबाट हुने मृत्यु  २३ जना पुगेका छन् । संक्रमित हुनेको सङ्ख्या एक हजार चार सय ५६ पुगेको छ भने तीमध्ये एक हजार एक सय ५१ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…