Logo बैशाख ५, २०७८ आइतबार


अर्थमन्त्री पौडेलद्धारा पदभार ग्रहण,विश्व बैंकबाट ऋण लिने निर्णयमा हस्ताक्षर

काठमाडौं । नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हाल्नुभएको छ ।

बिहीबार राष्ट्रपतिबाट शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हाल्नुभएको हो ।

पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले विश्व बैंकबाट २० करोड अमेरिकी डलर ऋण लिने निर्णयमा हस्ताक्षर गर्नुभएको छ ।

नेकपा महासचिवसमेत रहनुभएका पौडेलले दोस्रो पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो ।

यसअघि अर्थमन्त्री पौडेलसहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपियनियताको शपथ लिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । वर्तमान सरकारमा सहभागि हुने या नयाँ गठबन्धन निर्माण गरी अघि बढ्ने भन्ने दोधारमा रहेको जनता समाजवादी पार्टी (जसपा)…

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीको अबस्था रहेको महाशाखाको भनाइ छ।

बोली वचनले साथ दिनेछ। आफन्त भेटघाट हुनेछ। धनको कारोबार बढ्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालसमूहले पार्टी पुनर्गठन गरेको…

३ वटा सुरुङहरु निर्माण गर्नुपर्ने भएकाले नेपालको सन्दर्भमा नयाँ काम चुनौतिपूर्ण छ ।

तनहूँ जिल्लाको नाम तनहूँसुरबाट अप्रभंश भएर रहेको भन्ने किंवदन्ती छ ।