Logo मंसिर १२, २०७७ शुक्रबार


जातीय विभेद अन्त्यका लागि राजविराजमा प्रदर्शन

विद्यानन्द राम
राजविराज । मुलुकमा पछिल्लो समय दलित समुदायमाथि देखिएको बढ्दो हत्या, हिंसा, बलात्कार, जातीय विभेद लगायतका घटनाविरुद्ध संयुक्त दलित संघर्ष समिति सप्तरीले आन्दोलन थालेको छ ।

दलितमाथि श्रृंखलावद्ध घटनाहरु भइरहदा समेत पैसा र पहुँचको भरमा दोषीले उन्मुक्ति पाइरहेको भन्दै उनीहरुले बिहीबार राजविराजमा प्रदर्शन गरेका हुन् ।

बहुजन समाज परिषद् नेपाल, दलित सरोकार मञ्च, राष्ट्रिय दिनाभद्री मुसहर संघ, विश्वकर्मा समाज, दलित समाज सचेतना केन्द्र लगायतका पदाधिकारीसहित झण्डै तीन हजारको सहभागीतामा प्रदर्शन गरिएको थियो ।

सप्तरीसहित मुलुकको विभिन्न स्थानमा दलितमाथि श्रृंखलावद्ध घटनाहरु भइरहदा समेत सरकारको ध्यान नपुगेकाले बाध्य भएर आन्दोलन थालेको उनीहरुको भनाई छ ।

अझै विगतमा दलित समुदायमाथि घटिएका घटनाहरुमा दोषीलाई पक्राउ गरी कारवाही नगरिए बाध्य भएर थप कडा आन्दोलन गर्ने संघर्ष समितिले चेतावनी समेत दिएको छ । राजविराजस्थित राजरंगशालाबाट निकालिएको विरोध प्रर्दशन बजारभरि परिक्रमा गरी पुनः रंगशालामै पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…