Logo बैशाख २, २०७८ बिहीबार


१७ वर्षदेखि सपना र चुनावी नारामै सीमित धरानको एयरपोर्ट

काठमाडौं । सुनसरीको धरानबाट बिराटनगरस्थित एअरपोर्ट पुग्न ४५ किलोमिटरको यात्रा गर्नुपर्छ । कुनै व्यक्ति बिरामी पर्यो र उपचारका लागि काठमाडौं पठाउनुपर्ने भयो भनेपनि करिब १ घण्टा १५ मिनेटको यात्रा पूरा गरेपछि मात्रै विमानस्थलसम्म पुग्न सकिन्छ ।

धरान आफैमा सम्पन्नहरुको शहर र पर्यटकीय केन्द्र पनि भएको कारण धरानमा एअरपोर्ट बनाउँदा घाटामा नजाने भन्दै २०५० को दशकदेखि नै एअरपोर्टको चर्चा चलेको थियो । त्यसपछि २०६० सालमा आएर धरानमा एअरपोर्ट निर्माणका लागि भन्दै जग्गाको किनबेच पनि सुरु भइसकेको थियो ।

तर जग्गाको किनबेच सुरु भएको १७ वर्ष हुँदा पनि धरानमा एअरपोर्ट बन्ने निश्चित हुन सकेको छैन, बरु अलिकति बाँकी भएको सम्भावना पनि बिस्तारै क्षीण बन्दै गएको छ ।

करिब ४५ किलोमिटर दुरीको विराटनगरस्थित एयरपोर्टबाट राजधानी पुग्नुपर्ने बाध्यता भएका धरानबासीले धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट बन्ने सपना देख्न थालेको डेढ दशक भन्दा बढी भइसक्यो । तर, न सरकारले धरानमा एअरपोर्ट बनाउन पहल गर्यो, न त निजी कम्पनीले चाहेको एअरपोर्ट बनाउन सरकारले सहमति नै दियो ।

६ महिनाभित्रै एअरपोर्ट निर्माणको काम सुरु गर्ने भन्दै निजी कम्पनी यती इनकर्पोरेटले २०६० सालमा जग्गा किन्न सुरु गरेको थियो । जग्गा प्राप्ति सुरु गरेको ६ महिनाभित्रै एअरपोर्ट निर्माण सुरु नगरे जग्गा फिर्ता गर्ने सहमतिमा ८० जना स्थानीय बासिन्दाबाट ७ बिघा जग्गा प्रतिकठ्ठा २७ हजार र ३२ हजार रुपैयाँका दरले खरिद गरिएको थियो ।

हवाइ मैदानका लागि आवश्यक १८ बिघामध्ये बाँकी जग्गा धरान उपमहानगरपालिकाले उपलब्ध गराउने निर्णय गरिएको धरान उपमहानगरपालिकाका तत्कालीन प्रमुख कुमारबहादुर कार्कीले बताउनुभयो । तत्कालीन समयमै पनि उक्त मूल्य अत्याधिक सस्तो रहेको थियो । तर निजी स्तरबाटै एअरपोर्ट निर्माण गर्ने तयारीमा रहेको निजी कम्पनी यति इनकर्पोरेटलाई सरकारले एअरपोर्ट निर्माणका लागि अनुमति नै दिएन । जसको कारण त्यसपछि यति इनकर्पोरेट प्रालिले एअरपोर्ट निर्माणको काम अगाडि बढाउन नै सकेन ।

१८ सिटे हवाईजहाजका लागि प्रस्ताव गरिएको एयरपोर्टमा पछि ४२ सिटको जहाजको सपना बाँडियो । तर, ४२ सिट क्षमताको जहाज उडाउने सपना त्यसको १७ वर्षपछि पनि सपनाबाहेक अरु केही बन्न सकेको छैन ।

पछिल्लो समयमा नेपाल नागरिक उड्यन प्राधिकरणले गरेको अध्ययनमा एटीआर ४२ सम्मको विमान उडान र अवतरणको लागि करिब ९३ बिघा जग्गा आवश्यक पर्ने उल्लेख छ । प्रतिवेदनले एयरपोर्ट निर्माणका लागि कुल ५ अर्ब ७ करोड १ लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने अनुमानित लागतसमेत तयार पारेको छ । सो लागतमध्ये जग्ग अधिग्रहणका लागि मात्रै करिब २ अर्ब ३० करोड रुपैयाँ खर्च हुने उल्लेख छ । एअरपोर्ट निर्माणका लागि आवश्यक ५१ हेक्टर जग्गा अधिग्रहण गर्दा मुआब्जा बापत २ अर्ब २९ करोड ५० लाख रुपैयाँ खर्च हुने प्रतिवेदनमा उल्लेख छ । धरानमा एयरपोर्ट बनाउन हरेक दृष्टिकोणबाट उपयुक्त हुने प्रतिवेदनमा उल्लेख छ ।

तर एअरपोर्ट तथा एअरपोर्ट निर्माण र सञ्चालनका लागि आवश्यक अन्य पूर्वाधारहरु रनवे, टेक्सी वे, एप्रन, टावर, टर्मिनल भवन लगायत आवश्यक संरचना बनाउन पर्याप्त जमिनको अभावले धरानबासीको हवाई सपना डेढ दशक बित्दा पनि पूरा हुन सकेको छैन ।

धरानमा चलिआएको सरकारी मुल्यमै मुआब्जा दिँदा पनि अहिले जग्गा प्राप्ति गर्न प्रतिकठ्ठा १० देखि २० लाख रुपैयाँ खर्च गर्नुपर्छ । ५ अर्बमध्ये २ अर्ब ३० करोड जग्गा प्राप्ति र बाँकी रकम रनवे, ट्याक्सी वे टर्मिनल भवन लगायतका अन्य भौतिक पूर्वाधारमा खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

धरानमा एअरपोर्ट निर्माणका समस्याको मुख्य मुद्दा भनेको अहिले पनि जग्गा प्राप्ति नै हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा किनेर एअरपोर्ट बनाउने वा भाडामा लिने कुनै योजना नभएको कारण जग्गा प्राप्ति सरकार वा स्थानीय तहले नै गर्नुपर्ने हुन्छ । तर सरकारले बजेट नदिने र स्थानीय तहको बजेटले पनि एअरपोर्ट निर्माणका लागि आवश्यक जग्गा प्राप्ति हुन नसक्ने भएपछि पहिले यतिले किनेको जग्गा पनि फिर्ता गर्नुपर्ने स्थानीय जग्गादाता डम्बरकुमार श्रेष्ठको माग छ ।

अहिले जुन स्थानमा एअरपोर्ट निर्माण गर्ने भनिएको छ, त्यस क्षेत्रमा चार किसिमका जग्गा रहेका छन् । यति इन्कर्पोरेटले किनेको ७ बिघा ३ कट्ठा ६ धुर निजी जग्गा तथा ऐलानी, नम्बरी जग्गा र सुकुम्बासी बस्ती रहेको जग्गा अहिले प्रस्ताव गरिएको एअरपोर्टमा पर्छन् ।

तर वर्षौदेखि बसिआएका सुकुम्बासीलाई हटाउने कुरा त्यति सहज छैन । स्थानीय तहको निर्वाचनमा सबैजसो राजनीतिक दलले आफ्नो चुनावी एजेण्डा बनाएको भएपनि व्यवहारमा एअरपोर्टको निर्माण त्यति सहज देखिदैन् । किनभने एअरपोर्ट निर्माणका लागि जग्गा प्राप्ति र आर्थिक श्रोतको विषय अझै टुङ्गिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।