Logo बैशाख १, २०७८ बुधबार


मानव अधिकार आयोगद्वारा ‘मानव अधिकार हनन्’ गर्नेकाे सूची सार्वजनिक

कमला हमाल

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले विगत २० वर्षको अवधिमा मानव अधिकार हनन्को सूचीमा रहेका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ । आयोगका सिफारिसहरु सरकारले कार्यान्वयन नगरेपछि दबाब स्वरुप ’कालोसूची’मा राख्दै नाम सार्वजनिक गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार हनन्मा संलग्न रहेका विभिन्न क्षेत्रका व्यक्तिलाई ‘मानव अधिकार हनन्कर्ता’को सूचीमा सार्वजनिक गरेको छ । मानवअधिकारको गम्भीर उल्लंघनमा संलग्न हुने अनि राज्यको सेवासुविधा भोग गरिरहने परिपाटी रोक्न र दण्डहीनता अन्त्य गर्न आयोगले ’कालोसूची’ सार्वजनिक गरेको हो । आयोगले २० वर्षको अवधिमा गरेका सिफारिसहरु कार्यान्वयन नभएपछि दबाब स्वरुप बिहीबार भर्चुअल कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

मानवअधिकार हनन्कर्ताको सूचीमा पूर्व प्रधानमन्त्रीदेखि नेपाली सेना र नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरुसमेत छन् । पद र पहुँचमै रहेर आयोगका सिफारिस कार्यान्वयनमा बेवास्ता गर्नेहरुलाई दण्डहीनता अन्त्य गर्ने पक्षमा काम गर्ने आयोगका अध्यक्ष अनुपराज शर्माले बताउनुभयो ।

नाम सार्वजनिक भएकामध्ये नेपाल प्रहरीका ९८, नेपाली सेनाका ८५, तत्कालीन नेकपा माओवादीका ६५, निजामती कर्मचारी १६, सशस्त्र प्रहरी बलका ८ जना कालोसूचीमा छन् । त्यस्तै, दुई चिकित्सक, चार शिक्षक र एक जना मानवअधिकारकर्मी समेत सूचिमा परेका छन् ।

त्यस्तै सुराकी, प्रतिकार समूह आवास गृह सञ्चालक, कारागारका कैदी (चौकीदार) र भारतीय सुरक्षाकर्मी (एसएसबी) गरी थप सात जनालाई पनि मानवअधिकार उल्लंघनकर्ताको रुपमा सूचीकृत गरिएको छ । भैरवनाथ गणमा भएको यातनालाई लिएर तत्कालीन प्रधानसेनापति प्यारजंग थापा पनि उल्लंघनकर्ताको सूचीमा पर्नुभएको छ ।

त्यस्तै, पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई पनि सूचीमा राखिएको छ । आयोगको सिफारिस कार्यान्वयन नहुँदा मानवअधिकारको अवस्था द्वन्द्व कालमा भन्दा पनि अहिले नाजुक भएको आयोगको ठहर छ । आयोगमा करिव २० बर्षको अवधिमा मानवअधिकार हनन्मा परेका करिब १२ हजार उजुरीमध्ये ६ हजार फछ्याैट भएको बताइएकाे छ ।

आयोगले कालोसूचीमा पारेका व्यक्तिलाई वैदेशिक भ्रमणमा प्रतिबन्ध लगाउने, तीन वर्षसम्म नियुक्ति, बढुवा रोक्ने, सुरक्षा निकायमा ३ वर्षसम्म संयुक्त राष्ट्रसंघीय मिसनमा पठाउन रोक्ने र ३ वर्षसम्म राहदानी लगायतका सरकारी सेवा–सुविधाबाट वञ्चित गराउने सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

सन्तानबाट धनको सुख पाइनेछ। व्यापारमा लाभ हुनेछ। परिश्रमको फल मिल्नेछ।

कम लागतमा धेरै फाइदा लिन सकिने हुँदा माहुरी पालन पेशा फाईदाजनक भएको खत्रीकाे भनाइ छ ।

जतिसुकै नयाँ बीमा योजना ल्याएपनि यी समस्यालाई समाधान नगरेसम्म बीमा बजारको विस्तार हुन नसक्ने उहाँकाे भनाइ थियाे ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले…