Logo फाल्गुन १६, २०७७ आइतबार


काेराेना कहर, थलिएकाे अर्थतन्त्र र अर्थमन्त्री पाैडेलका चुनाैति

काठमाडाैं । नेकपा महासचिव विष्णुप्रसाद पौडेल अर्थ मन्त्रालयमा दोस्रो पटक प्रवेश गर्नुभएको छ । राजनीतिक नेतृत्वमा आकर्षक मानिएको अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्न दोस्रो पटक सिंहदरबार प्रवेश गर्नुभएका पौडेललाई कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई माथि उठाएर जनतालाई राहतको महशुस गराउनु फलामको च्युरा चपाए सरह हुनेछ ।

विभिन्न अड्कलबाजीकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मा दोस्रोपटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललाई दिनुभएको छ । अवधि सकिएपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजीनामा दिएसँगै प्रधानमन्त्री ओलीसँगै रहेको अर्थ मन्त्रालयको जिम्मेवारी पौडेलले पाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले खतिवडालाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बनाएदेखि नै पौडेल पुनः अर्थमन्त्री हुने चर्चा थियो । यसअघि पौडेल अर्थमन्त्री हुँदा खतिवडाले राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँगै छायाँ अर्थमन्त्रीको कार्य गरेको चर्चा थियो । तर, अहिले पौडेलको अर्थमन्त्रीकाल खतिवडाविहीन हुनेछ किनकि खतिवडालाई सरकारले अमेरिकाको राजदूत सिफारिस गरिसकेको छ । अर्थमन्त्री पौडेलका लागि यो समय कोरोना महामारीलाई पार लगाएर जनतालाई राहतको महसुस गराउनु फलामको च्युरा चपाए सरह हुने निश्चित छ ।

कोरोनाका कारण विश्वसँगै नेपालमा मानवीय र आर्थिक क्षति दुवै भएको छ । विश्व अर्थतन्त्र धर्मराएको तथ्यांकहरू सार्वजनिक भइरहेका बेला बाह्य सहयोग आउने सम्भावना पनि कम छ । विश्व बैंकले विकसित राष्ट्रहरूसँगै दक्षिण एसियाको अर्थतन्त्रमा पनि ठूलो असर पर्ने तथ्यांक सार्वजनिक गरिसकेको छ ।

लामो समयको लकडाउन र निषेधाज्ञाका कारण वस्तु तथा सेवाको उत्पादन र आपूर्तिमा देखिएको खाडल पूरा गर्ने दिशामा काम गर्न अर्थमन्त्री पौडेलले ठूलै मेहनत गर्नुपर्नेछ । अहिलेसम्म हुन नसकेको पुँजीगत खर्च नगराएसम्म विकासले पनि गती लिँदैन । कोरोना कहरले चालु पञ्चवर्षीय योजनामै धक्का लागेको छ । कोरोनाका कारण खोसिएको रोजगारी र विकास निर्माणमा लाग्न उत्तिकै चुनौति छ । लगानीको वातावरण छैन भनेर उद्योगी, व्यवसायीले भनिरहेका बेला उनीहरुलाई विश्वासमा नलिई कुनै पनि अर्थमन्त्री सफल हुन सक्दैन ।

वैदेशिक व्यापार घाटा, अनौपचारिक अर्थतन्त्रको विस्तार, बढ्दो बेरोजगारीसँगै कोरोनाको चपेटाले बढाउँदै लगेको गरिबीको संख्या अर्थतन्त्रका प्रमुख चुनौति हुन् । यी चुनौति चिर्ने प्रमुख अस्त्रका रूपमा कृषि, पर्यटन र जलविद्युत् क्षेत्र देखिएपनि व्यवहारमा तथ्यपरक ढंगले प्राथमिकीकरण हुन सकेको छैन । बलियो सरकारको उपस्थिति नहुँदा भ्रष्टाचार पनि राजनीतिको एउटा अंगजस्तै भ्रम भइसकेको छ ।

भ्रष्टाचारविरुद्ध आफ्ना संयन्त्रहरूलाई अर्थमन्त्री पौडेलले चिर्न सक्ने सामर्थ्य राख्नुहुन्छ या हुँदैन भन्ने कुरा ठूलो चुनौति हो । स्वयं अर्थमन्त्री पौडेल पनि बालुवाटार जग्गा प्रकरणमा मुछिएर आलोचित हुँदै आएको अवस्थामा अब कसरी अगाडि बढ्नुहुन्छ त्यो भावी दिनले नै बताउनेछ ।

त्यतिमात्रै होइन मुलुकमा पछिल्लो समय बढिरहेको बिचौलिया राजको अन्त गर्न पनि अर्थमन्त्रीको प्रमुख हात रहनेछ । यस्तो बेला बजेट प्रभावकारी र पारदर्शी रूपमा खर्च गर्ने वातावरण बनाइ जनआंकाक्षा पूरा गर्न अर्थमन्त्री पौडेलले आफ्नो सामार्थ्य देखाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

चिया छानेको बोलको कमला र प्रदीपको उक्त दोहोरी अहिले युट्युव ट्रेण्डिङको ४५औं नम्बरमा परेको छ ।

साथीभाइसँग छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न…

झापा । प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा आइपुग्नु…

नरेश न्यौपाने काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेलगत्तै नेकपाको प्रचण्ड–नेपाल समूह नयाँ सत्ता समीकरणको गृहकार्यमा जुटेको छ । तर…

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपाको विवादमा कुन पक्षसँग सहकार्य गर्ने भन्नेबारे कांग्रेसले तत्काल…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।