Logo बैशाख २, २०७८ बिहीबार


भारतलाई खुशी पार्न ईश्वर पोखरेलको रक्षामन्त्रालय खोसिएको भारतीय मिडियाको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुनर्गठित मन्त्रीमण्डलमा रक्षा मन्त्रीबाट ईश्वर पोखरेलाई हटाउनुको मूख्य कारण भारत रहेको स्वयम् भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतसँगको विग्रदो सम्बन्ध सुधार्ने प्रयास स्वरुप प्रधानमन्त्री ओलीले आफू निकटका मानिने पोखरेललाई रक्षा मन्त्रालयको कार्यभारबाट हटाइएको भारतको हिन्दी अनलाईन लाइभ हिन्दुस्तानको दाबी छ ।

रक्षामन्त्री पोखरेल सबैभन्दा बढी भारतको आलोचक मध्ये एक रहेको समाचारमा उल्लेख छ । भारतीय सेना प्रमुख जनरल एम.एम. नरवणेको नेपाल भ्रमण ५ नोभेम्वरका लागि तय भए लगत्तै प्रधानमन्त्री ओलीले पोखरेललाई हटाएर रक्षा मन्त्रालयको जिम्मा आफैंसँग राख्नुभएको छ ।

गत मे महिनामा भारतले तिब्बतको कैलाश मानसरोवर जाने यात्रीहरुको सुविधाका लागि निर्माण गरेको ८० किलोमिटर लामो सडकमार्गको उद्घाटन गरेपछि नेपाल र भारतबीच सीमा विवाद भएको थियो ।

त्यस विषयमा जनरल नरवणेले दिएको अभिव्यक्तिप्रति टिप्पणी थर्दै रक्षामन्त्री पोखरेलले भारतीय सेनाको मूख्य हिस्साको रुपमा रहेको गोरखा सैनिकहरुलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएको हिन्दुस्तान अनलाइनले जिकिर गरेको छ ।

तत्कालीन रक्षामन्त्री पोखरेलले जनरल नरवानेको टिप्पणीले भारतको रक्षाका लागि ज्यान दिएर लागेका नेपाली गोरखा सेनाको भावनामा ठेस पुगेको बताउनुभएको थियो ।

नेपाल र भारतबीच सीमा विवाद भएपछि तत्कालीन रक्षामन्त्री पोखरेलले प्रधान सेनापति पूर्णचन्द्र थापालाई तत्काल कालापानी पठाउनुभएको समाचारमा उल्लेख छ ।

तर नेपाली सेनाले भारतसँग कुटनीतिक अथवा राजनीतिक संवादको माध्यमबाट संवाद गर्न र नेपाली सेनालाई विवादमा नपार्न रक्षामन्त्री पोखरेललाई सुझाव दिएको हिन्दुस्तान अनलाइनको दाबी छ ।

यसै विषयमा असन्तुष्ट रहनुभएका पूर्व रक्षामन्त्री समेत रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी आफैं पोखरेललाई रक्षामन्त्रालयबाट विदा गर्न सक्रिय हुनुभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।