Logo कार्तिक ११, २०७७ मंगलबार


मालपोत कार्यालयमा छापा, राति कारोबार गर्ने १८ पक्राउ

पर्सा । मालपोत कार्यालय पर्सामा रातिसम्म पैसाको लेनदेन गरेर कामकारवाही हुने गरेको खुलेको छ । प्रशासन कार्यालयले बिहीबार अबेर राति छापा मार्दा पैसाको लेनदेन भइरहेको पाइएको हो ।

विशेष सूचनाको आधारमा प्रशासन कार्यालय पर्साले छापा मार्दा मालपोत कार्यालयका कर्मचारीसँगै कार्यालय बाहिरका ८ जनाबीच पैसाको कारोबार भइरहेको भेटिएको हो । विभिन्न फाइलभित्र राखिएको रकमसहित १८ जनालाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रशासनको टोलीले राति ८ बजेर ३० मिनेटपछि छापा मारेको हो । छापा मारेसँगै सेवाग्राहीसहित १८ जनालाई नियन्त्रणमा लिनुको साथै ११ हजार भन्दा बढी रकम बरामद भएको पौडेलले बताउनु भयो ।

तर मालपोत कार्यालयका प्रमुख सुमन झाले भने देश विषम परिस्थितिमा भएकोले कर्मचारीको अभावका काराण राति अबेरसम्म बसेर काम गर्नुपरेको बताउनु भयो । झाले रातिसम्म बसेर पनि आफूहरुले सेवा प्रवाह गर्नुपरेको दाबी गर्नुभयो ।

प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीको कमान्डमा खटिएको टोलीले मालपोत कार्यालयमा छापा मारेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भारतको प्रधान सेनापति मनोजमुकुन्द नरभानेको नेपाल भ्रमण सान्दर्भिक नभएको बताउनुभएको छ । नेपालको अतिक्रमित…

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स