Logo कार्तिक १४, २०७७ शुक्रबार


एकै घरका २ भाइको कोरोनाले ज्यान लियो

काभ्रे । जिल्लाको बनेपा नगरपालिका वडा नम्बर १३ साँगामा कोरोना संक्रमणका कारण एकै घरका दुई भाईको ज्यान गएको छ । १० दिनको फरकमा दुई भाइको निधन भएको हो ।

गत असोज १८ गते ४५ वर्षिय भाईको निधन भएको १० दिन पछि २८ गते राति ५० वर्षिय दाजुको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मधुमेह रोगबाट पीडित ५० वर्षिय पुरुषलाई गत भदौ २७ गते धुलिखेल अस्पताल भर्ना गरिएको थियो । आईसियुमा राखि उपचार गरिए कोरोनाबाट उहाँलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

मृतकद्वयको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुको उपचार भइरहेको छ । यसरी एकै घरका दुई दाजुभाईकै कोरोनाका कारण मृत्यु भएको जिल्लाको पहिलो घटना हो ।

त्यस्तै कोरोनाकै कारण बनेपामा २८ गते अस्पतालमा १ र घरमै १जनाको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा बिहिबार बिहानसम्म १२ जनाको निधन भइसकेको छ भने अन्य जिल्लाका ५ जनाको निधन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।