Logo फाल्गुन १३, २०७७ बिहीबार


बजारमा चहलपहल देखिएपनि व्यापार ठप्प : व्यवसायी

काठमाडाैं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार ठप्प भएको व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतका क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ ।

कोभिड-१९ संक्रमणको जोखिम भएपनि मानिसहरु आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्यमुख्य बजार क्षेत्रमा चहलपहल बिस्तारै बढ्दै गएको छ । बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीले बताएका छन् ।

न्यूरोड मखनटोल स्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताउनुभयो । कोभिड-१९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उहाँले गर्नुभयो । अहिले व्यवसाय खुल्ला भएपनि तीन/चार दिनमा एकपटक मात्रै बोहाेनी हुने गरेको उहाँले बताउनुभयो । दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताउनुभयो ।

कोभिड संक्रमणको जोखिमका कारण भीडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिँदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अन्तराष्ट्रिय क्षेत्रमा नेपालीहरुको पहिचान निर्माण गर्ने उल्लेखनीय काम गरेको भन्दै वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शंकर लाल दासलाई प्रदान गरिएको…

उहाँहरुकै कार्यकुशलताका कारण प्रहरीले सो घटनाको अनुसन्धानमा सफलता पाएको डिआइजी सुवेदीले बताउनुभयो ।

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

राम सिटौलाको संगीत तथा अरुणदेव जोशीको निर्देशन रहेको म्युजिक भिडियोको छायांकन नारायण जीसीले गरेका हुन् ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍याे भनी प्रलोभनमा पारी पीडितलाई आईएमईमार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको प्रहरीले बताएको छ ।

परिस्थितिकाे सामना गर्ने भन्नुकाे अर्थ अविस्वासकाे प्रस्ताव सामना गर्छु वा सत्ताकाे बागडाेर अरू नै कुनै तरिकाले सञ्चालन गर्छु भन्ने हाे…