राष्ट्रिय वाणिज्य बैंककाे भुक्तानी अब विद्युतीय माध्यमबाट

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले दशैं तिहारलगायत चाडपर्वलाई ध्यान दिएर देशभरका सबै शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीकाे व्यवस्था मिलाएकाे छ । बैंकले भुक्तानी व्यवस्थालाई व्यापक र प्रभावकारी बनाउनका लागि Point of Sale (POS) को माध्यमवाट भुक्तानी सेवा शुरु गरिएको हाे ।
अब देशभर रहेका विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैंककै POS को माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँ जुन कम हुन्छ सो रकम क्यास ब्याक हुने बैंकले जनाएकाे छ । विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनका लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताउनुभयो ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २ सय ४१ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ रहेको बैंककाे भनाइ छ।