Logo बैशाख ६, २०७८ सोमबार


‘बलात्कारी संगठन’ का नाइके पक्राउ

काठमाडौं । बलात्कारी संगठनका नाइके पक्राउ परेका छन् । ‘बलात्कारी संगठन’ नामको फेसबुक ग्रुप चलाएको अभियोगमा नेपाल प्रहरीले एक किशाेरलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपरासीमा बस्दै आएका नवीन बस्नेत रहेको प्रहरीले जनाएको छ । १९ वर्षीय बस्नेतलाई नवलपरासीबाट पक्राउ गरी काठमार्डौ ल्याइएको साइबर ब्यूरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताउनुभयो ।

ग्रुपमा अश्लिल विषय लेखिएको पाइएकाले प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि निर्देशन दिएको थियो । उनले यो ग्रुप किन बनाए भन्ने अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बढ्दो बलात्कार र महिला हिंसाका घटना भइरहेकाे समयमा यसकाे  विरोधमा  केही समयअघि अधिकारकर्मीले ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमार्फत कलाकार श्रेष्ठले आफूलगायत परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनु भएको हो ।

चित्त बुझ्दाे जवाफ नआएको खण्डमा वैशाख १० गते बस्ने बैठकले कारबाही गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेकाे क्रिकेटमा मलेसियाविरुद्ध नेपालले सानदार जित हासिल गरेकाे छ।

ओली नेतृत्वले गरेका कुनैपनि भेला कोरोना मुक्त हुने तर अरुले गरेका भेलाले कोरोना फैलाउने भन्ने कुरालाई मान्न नसकिने पनि बताउनुभयो…

विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि रोक लगाएको छ ।

हिजो मात्रै देशभर गरी संक्रमितको संख्या एक हजार नाघेको छ। काठमाडौं उपत्यकामा मात्रै पाँच सयको हाराहारीमा संक्रमण फैलिएको छ ।