Logo कार्तिक १४, २०७७ शुक्रबार


थप ४,३९२ मा काेराेना पुष्टि, २२ जनाकाे मृत्यु

काठमाडौं। नेपालमा थप चार हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा संख्यामा चार हजार तीन सय ९२ संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ जना पुगेको छ ।

हाल ३७ हजार ३ सय ८२ जनामा कोरोनाको सक्रिय संक्रमित रहेका प्राडा गौतमको भनाइ छ । गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार पाँच सय २२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ८८ हजार ४० जना संक्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको प्रवक्ता गौतमले बताउनुभएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।