Logo कार्तिक १४, २०७७ शुक्रबार


नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेमा हिन्दू धर्मावालम्बी बढी ( शव व्यवस्थापन विवरणसहित)

काठमाडौं । नेपाली सेनाले हालसम्म कोभिड १९ को संक्रमणबाट मृत्यु भएका र संक्रमणको आशंका गरिएका ८८९ जनाको शव व्यवस्थापन गरेको छ ।

असोज ३० सम्म सेनाले गरेको शव व्यवस्थापनमध्ये धर्मको आधारमा सबैभन्दा बढी हिन्दू धर्मवाम्वी रहेका छन् । यसबीचमा ८१७ जनाको हिन्दू परम्परा अनुसार शवव्यवस्थापन गरिएको सेनाको तथ्यांकमा उल्लेख छ । यो कुल कृतक संख्याको ९२ प्रतिशत हो ।

जसमध्ये ४३० जनाको विद्युतीय शव दाहमा दाहसंस्कार गरिएको हो भने ७१ जना संक्रमितको शवलाई चितामा जलाइएको छ । ३१६ हिन्दू संक्रमित मृतक शवलाई भने जमिनमा गाडेर शव व्यवस्थापन गरिएको छ ।

यस्तै ३७ मुस्लिम, ३२ बौद्धमार्गी र ३ क्रिश्चियन धर्मवालम्बीको पनि शव व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

पृतना अनुसार सबैभन्दा बढी शव व्यवस्थापन उपत्यका पृतनाबाट सम्पन्न भएको छ । उपत्यका पृतनाले ४ सय ४४ शवको व्यवस्थापन गरेको सेनाले जनाएको छ । उपत्यकापछि मध्य पृतनाले १३९,पूर्वी पृतनाले ९८,मध्यपश्चिम पृतनाले ८५,उत्तरपश्चिम पृतनाले ४१,पश्चिम पृतनाले १७ र सुदुर पश्चिम पृतनाले ११ शवको व्यवस्थापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।