Logo कार्तिक १४, २०७७ शुक्रबार


तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : कृषिमन्त्री

काठमाडौं । कृषिमन्त्री घनश्याम भुसालले वर्तमान अवस्थामा ५ लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताउनु भएको छ ।

४० औं विश्व खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल वर्तमान अवस्थामा तत्काल ल्याउन नसकिने बताउनुभएको हो । उहाँले तत्काल ५ लाख मेट्रिक टन मल ल्याउन नसक्ने टिप्पणी गर्नुभयो । कलकत्ताको पोष्टबाट अहिलेको अवस्थामा र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालको भनाइ छ ।

मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताउनुभयो । कृषि प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सकिने उहाँकोे तर्क छ ।

कृषि व्यवस्थालाई परिवर्तन गर्नका लागि पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारित अनुदानलाई रोकेर इन पुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो । तर त्यसमा पनि धेरै काम गर्न नसकेको मन्त्री भुसालले स्वीकार गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।