Logo कार्तिक ११, २०७७ मंगलबार


एउटा सहकारीमा सदस्य बनेपछि अर्कोमा बन्न नपाइने, बनेमा दुई लाख जरिबाना

काठमाडौं । भोलि कात्तिक १ गतेदेखि एउटै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार भोलिदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको हो ।

सहकारी ऐन, २०७४ को दफा ३२ को उपदफा १ (क) मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने व्यवस्था रहेको छ । सो ऐन प्रारम्भ हुनुअघि एकभन्दा बढी संस्थाको सदस्य रहेको भए तीन वर्षभित्र एउटा संस्थाको मात्रै सदस्यता कायम गर्नुपर्ने व्यवस्था छ ।

सहकारी विभागले जारी गरेको सूचनामा सहकारी ऐन, २०७४ कात्तिक १ गतेदेखि जारी भएकाले यही असोज मसान्तमा तीन वर्ष पूरा हुने हुँदा पूराना सदस्यहरु पनि दोहोरो सदस्य बस्न नपाउने भएका हुन् । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले अब एउटा मात्रै सहकारी संस्थाको सदस्यता कायम राखी अन्य संस्थाको सदस्यता अन्त्य गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो ।

विभागले सबै सहकारीलाई दोहोरो सदस्यता भए सम्बन्धित शेयर सदस्यलाई जानकारी गराएर एउटा सहकारी चयन गर्नका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशनसमेत गरेको छ । सहकारीको निर्देशन अटेर गरेमा कारबाही गर्ने विभागको भनाइ छ । यस अन्तर्गत २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

हाल सहकारीका सदस्यको संख्या ६५ लाखभन्दा बढी भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।