Logo कार्तिक १४, २०७७ शुक्रबार


दशैं लगत्तै सरकारविरुद्ध आन्दोलन गर्ने कांग्रेसको चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दशैं लगत्तै सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै काँग्रेसले आन्दोलन गर्ने चेतावनी दिएको हो । काँग्रेसले गठन गरेको कोभिड–१९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति शेरबहादुर देउवाले दशैंंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताउनुभएको हो ।

कोभिड–१९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबनेको देउवाको आरोप छ । औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भए पनि कुनै काम जिम्मेवारीपूर्वक नगरेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए । उनले सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।