Logo कार्तिक ११, २०७७ मंगलबार


इन्डियन्स र नाइट राइडर्सबीच प्रतिस्पर्धा

काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज साविक विजेता मुम्बई इन्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । अबुधाबीमा मुम्बई र कोलकत्ता आठौं खेलका लागि मैदान उत्रन लागेका हुन् ।

मुम्बई र कोलकत्ताबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा मुम्बई छैटौं जितको खोजीमा हुनेछ । अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई कोलकत्तालाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, दिनेश कार्तिकको कप्तानीमा मैदान उत्रने कोलकत्ताविरुद्ध जित निकाल्न मुम्बईलाई सजिलो भने छैन । कोलकत्ता पाँचौं जितको खोजीमा छ ।

कोलकत्ताले ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ । कोलकत्ता मुम्बईलाई हराएर शीर्ष टोलीसँगको अंक दूरी कम गर्न चाहन्छ । यस्तै कोलकत्ता मुम्बईसँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।