Logo कार्तिक ११, २०७७ मंगलबार


अराजकता मच्चाउनेप्रति कडा कारबाही गर्नु : प्रधानमन्त्री

काठमाडौं । आज ६५औँ प्रहरी दिवस, दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा हुने आपराधिक कृयाकलाप रोक्न प्रहरीले कुनैपनि प्रकारको दबाब र प्रभावमा पर्न नहुने स्पष्ट पार्नु भएको छ । समाजमा अराजकता मच्चाउन खोज्नेहरुप्रति कडा कानूनी कारबाही गर्न पनि प्रधानमन्त्रीले प्रहरीलाई निर्देशन दिनुभएको छ ।

६५औं प्रहरी दिवसको अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीसँगै मुलुकमा विभिन्न किसिमका अपराधका घटना बढिरहेकाले त्यस्ता घटना हुनै नदिनतर्फ प्रहरी चनाखो हुनुपर्ने बताउनुभयो । कतिपय व्यक्ति तथा समूहबाट संविधान विपरीतका कार्य भइरहेको स्मरण गराउँदै उहाँले बलात्कार जस्ता अपराध नियन्त्रण गर्न सरकारले कडा कानून ल्याउने तयारी गरेको जानकारी गराउनुभयो ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही साताअघि बुढीगण्डकी आयोजनामा शीर्ष नेताले घुस लिएको विषयमा दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री ओलीले आपत्ति जनाउनुभयो । सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको दाबी प्रधानमन्त्री ओलीको छ ।

गृहमन्त्री रामबहादुर थापाले औंलामा गन्न सकिने त्रुटिगत कमजोरी देखाएर सिंगो प्रहरी संगठनको बदनामी गराउने कार्य खेदजनक रहेको भन्दै प्रहरीलाई कानुन प्रदत्त जिम्मेवारी र अधिकार प्रयोगमा कहिल्यै पछाडि नहट्न निर्देशन दिनुभयो ।

कोरोना महामारीका कारण यस वर्षको प्रहरी दिवस औपचारिकतामा मात्र सीमित गरिएको थियो । दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय परिसरमा रहेको अमर तथा शहीद प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।