Logo बैशाख २, २०७८ बिहीबार


कविता : दुनियाँ

धनराज गिरि

के हो यो दुनियाँ सखी न सजनी आशा निराशा दुई
भाषा मूर्त अमूर्त धूर्त दुनियाँ उल्टो घुमेको सुई !
बोली ठिक्क नकाम भित्र गरिने विश्वास के आश के ?
पापी हो दुनियाँ कड़ा शकुनि हो के दूर के पास के ?

केही खÞास भए पुग्यो रहर यो धेरै भए भासिने
कोही पास रहे विचार मनले आत्मीय आकाशिने
मान्छे हो सुरसा र रावण उही मान्छे सखा राम हो
मान्छे हो घनश्याम जून नभको आलोक हो घाम हो ।

धोका हो दुनियाँ फरेब पनि हो को चिन्छ आकारले ?
आफ्नो हुन्न छ मोहमा यदि भने स्वार्थी बन्यो सारले
सोझो मानिसको सदा विरसिलो पाइन्छ रे जिन्दगी
बाठो ठग्छ बढ़ी चढी शिखरमा आत्मीयता हो ठगी ।

माटो मानिस हो बुझे सरल यो जाने उता लोकमा
बाटो एक उही दुई दिन यहाँ चर्चा हुने चोकमा
होला बेर कुबेर के गरिब के राजा र जोगी उही
चौतारी यमलोक आखिर यही योगी र भोगी दुई ।

राम्रो हो दुनियाँ सुखी मनुज हो दानी र ध्यानी बने
हाम्रो हो दुनियाँ खुशी असल हो बाँचेर ज्ञानी बने
राखे चित्त सफा विचार गतिलो कर्मी बने माहुरी
विद्या ज्ञान विवेक सार्थक बने बैकुण्ठ हाम्रो पुरी !

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।