Logo बैशाख २, २०७८ बिहीबार


समाचार पढ्ने गायिकाको ट्रेण्डिङ अनुभव

काठमाडौं । नेपाल मानवीकी क्याम्पस (आरआर कलेज) बाट समाजशास्त्रमा एमए गरेकी ईश्वरी बरालले रेडियोमा समाचार वाचन गर्न थालेको ८ वर्ष पुगिसकेको छ ।

अहिले पनि उनी रेडियोकर्मीकै रुपमा कार्यरत छिन् राजधानीकै रेडियो थाहा सञ्चार एफएममा । तर यतिखेर भने उनको ट्रेन्डिङवाला गायिकाको परिचय थपिएको छ । अर्थात उनको स्वर रहेको नरिसाउन होई गीत केही साता अघिसम्म युट्युव ट्रेण्डिङमा रह्यो । उनले संगीतकार तथा गायक मिस्टर आरजेसँग गायनमा साझेदारी गरेकी हुन् । प्रस्तुत छ समाचारवालीबाट ट्रेन्डिङवाली गायिका बन्दाको ईश्वरीको अनुभव :

हरेक दिन समाचार तयार पारेर पढिरहेको मान्छे, एक्कासी ट्रेण्डिङमा परेकी गायिका बन्न पाउँदा कस्तो महसुस भएको छ ?

समाचार लेखन र बाचन मेरो पेशा हो भने संगीत र गायन रुची । पत्रकारिता र अध्ययन बाहेकको मेरो सवै समय मैले गीत संगीतको साधानमा खर्चिएको छु । नरिसाउन होई गीत टे«ण्डिङमा पर्दा मलाई खासै नौलो र अनौठो लागेको छैन । गीत टे«ण्डिङमा पारेर भाइरल बन्नु भन्दा पनि संगीत बुझेर साधना गर्नु मेरो रहर हो जुन म प्रयासरत छु ।

एकातिर संगीतको बजार छैन,भएका पनि खुम्चिए भनिरहेको अवस्थामा निकै महँगो भिडियो बनाउनुभएको छ । किन ?

गीत र भिडियो बनाउने अवसर पाएकोले बनाएको हुँ । यसमा खास ठूलो कारण छैन ।

अहिले त गीत सुन्ने भन्दा हेर्ने बढी भैसकेको छ । तपाईको गीत पनि भिडियोका कलाकारका कारण बढी चर्चामा आएको हो ?

हुनसक्छ । तर यो गीतले चर्चा बटुल्यो भन्नु भन्दा पनि दर्शक स्रोताले रुचाइदिनुभयो भन्न चाहन्छु म चाहिं । शव्द, संगीत , स्वर र समयको माग अनुसारको भिडियो बनेका कारण दर्शकले रुचाईदिनुभयो , माया गरिदिनुभयो ।

श्रोता,दर्शकबाट कस्तो फिडब्याक आइरहेको छ ?

मिश्रीत प्रतिक्रिया आएका छन् । केहिले राम्रो छ भन्नुभएको छ । संगीत बुझेकाहरुले सुधार्नुपर्ने ठाउँहरु देखाएर सुझाव दिनुभएको छ । मेहनत गरे व्यवसायिक गायिका बन्न सक्छ्यौ भन्ने शुभेच्छुकहरु पनि हुनुहुन्छ ।

गायन सौख मात्र हो कि लक्ष्य पनि हो ?

म गायनलाई सौख र लक्ष्यमा मात्रै सिमित राख्न चाहदिन । मलाई लाग्छ गायन मेरो जीवन पर्यन्त चलिरहन्छ । तर व्यवसायिक हिसावले बजारमा गीत ल्याउने भन्ने कुरा चाहिँ अवसर जुर्दा गर्नेछु ।

संगीतको औपचारिक प्रशिक्षण लिनुभएको छ ?

छु । असनमा रहेको गान्धर्व संगीत विद्यालयमा चन्दन श्रेष्ठ गुरुसँग संगीत सिकिरहेको छु । तर गीत भने म बोल्न जान्ने भएदेखि नै गाउन थालेको थिए ।

समाचार स्टुडियो र गीत रेकर्डिङ स्टुडियो दुवैको पहिलो अनुभव कस्तो थियो ?

मैले रेडियो पत्रकारिताको सुरुवात विक्रम संक्रम २०६९ सालमा इमेज एफ एमबाट गरेको हुँ । रत्नराज्यलक्ष्मी क्याम्पस बागबजारमा बि ए पढ्दै गर्दा इमेज एफ एममा काम सिक्न गएको थिए ।

पत्रकारिताको विद्यार्थी भएका कारण यसको केहि सैद्धान्तिक ज्ञान थियो । रेडियोमा बोल्ने रहर त्यो भन्दा धेरै थियो । नेपालको विग मिडिया हाउस र बरिष्ठ पत्रकार दाइ दिदीको बिचमा बसेर काम गर्नुपर्दा सुरुमा नर्भस भएको थिए ।

सुरुको दिन एकजना सिनियर दाइसँग न्यूज पढ्न स्टुडियो छिर्दा डरले काँपेको जस्तो महसुस गरेको थिएँ । अनुहार पनि रातो र असिनपसिन भएको थियो । त्यो दिन डरैडरले समाचार पढेँर सके,स्टुडियो बाहिर निस्किदा बहोस हुन्छु कि जस्तो भएको थियो ।

बागबजारको एउटा इन्स्टिच्युटमा वाचनकलाको तालिममा फस्र्ट भएर रेडियोमा काम सिक्न गएको भएपनि मलाई सुरुमा गाह्रो भयो । समाचार वाचनमा मात्रै नभई लेखनमा पनि त्यस्तै अप्ठेरो भएको थियो । म काम सिक्न रहर गर्थेँ । बिस्तारै डर पनि हराउन थाल्यो र काम पनि सिक्दै जान थालँे । अहिलेसम्म आइपुग्दा मलाई मेरो पेशाप्रति गौरव लाग्छ ।

मैले पहिलो गीत विक्रम सम्वत २०७१ सालमा रेकर्ड गराएकी हुँ । डाक्टर कृष्णहरि बरालको शब्द र गैरे सुरेशको संगीतमा रहेको उक्त गीत पुतलीसडकको ए वान स्टुडियोमा रेकर्ड गराएकी थिएँ ।

गीत गाउन बराल अंकलसँगै स्टुडियोमा गएको थिएँ । पहिलो गीत रेकर्ड गर्दा म नर्भस भएको थिएँ । रेडियो र गीत रेकर्डिङको स्टुडियोमा के फरक हुन्छ होला भन्ने जिज्ञासा पनि मैले त्यहि गीत रेकर्ड गर्दा पूरा गरेँ ।

त्यहिवेला म स्टुडियोमा खुब चासो दिएर हेर्ने, घुम्ने गरेको थिएँ । त्यो कुरा मलाई अहिले पनि बराल अंकलले बेला–बेला सम्झाईरहनुहुन्छ , रमाईलो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेस र माओवादी…

कास्की। माओवादी केन्द्रको समर्थनमा नेपाली काँग्रेसले गण्डकी प्रदेश सरकारको नेतृत्व गर्ने सम्भावना बढ्दै जाँदा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वकाे सरकारकाे दिनगन्ती…

हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली भइ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

घरायसी तनाव बढ्नेछ। विश्वास घात हुन सक्नेछ। मनमा शंकाले दु:ख दिनेछ ।

काठमाडौं । विभाजनको संघारमा रहेको नेकपा (एमाले) का दुवै समूह पृथक ढंगले अघि बढिरहे पनि भित्र/भित्रै केही नेताहरु पार्टी एकढिक्का…

राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।