Logo कार्तिक १४, २०७७ शुक्रबार


विश्वमा कोरोनाको नयाँ रेकर्ड, एकैदिन चार लाखभन्दा बढी संक्रमित थपिए

काठमाडौं। विश्वमा एकैदिन चार लाख १२ हजार ९ सय ५ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मकै धेरै हो। योसँगै हालसम्म संक्रमितको संख्या तीन करोड ९५ लाख ६५ हजार ९ सय ४८ पुगेको छ।

कोरोनाबाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख ८ हजार ६ सय १७ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६ हजार १ सय ८५ जनाको मृत्यु भएको हो। वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९६ लाख ४८ हजार ९ सय १५ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८८ लाख ८ हजार ४ सय १६ छ। त्यसमध्ये ७१ हजार ४३५ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार २ सय ७८ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६ सय ३५ पुगेको छ भने ब्राजिलमा ५२ लाख एक हजार ५ सय ७० छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।