Logo माघ १४, २०७७ बुधबार


टाउको काटेर शिक्षकको हत्या, युवकलाई प्रहरीले हान्यो गोली

काठमाडौं । फ्रान्समा एक शिक्षकको टाउको काटेर हत्या भएको छ । फ्रान्सको राजधानीमा शुक्रबार साँझ एक शिक्षकमाथि चक्कुले आक्रमण गरी टाउको काटेर हत्या गरिएको हो ।

हत्या गर्ने व्यक्तिलाई गोलि हानेर मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । हत्या गरेर भाग्दै गरेर भागेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । प्रहरीले उनलाई गोली हानि मारेको बताइएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन ।

फ्रेन्च अखबार ‘ले मोन्दे’ का अनुसार इतिहास र भूगोलका ती शिक्षकले कक्षामा अभिव्यक्ति स्वतन्त्रताका बारेमा पढाउने क्रममा चार्ली हेब्डो पत्रिकाको कार्टुन देखाएका थिए। कार्टुन देखाएको विषयमा केही मुसलमान अभिभावकले शिक्षकका बारेमा उजुरी समते गरेका थिए।

राष्ट्रपति इम्यानुअल म्याक्रोंले घटनास्थलको भ्रमण गर्नुभएको छ । फ्रान्सको संसदले पनि मृत शिक्षकप्रति श्रद्धान्जली व्यक्त गर्दै घटनालाई आतंकवादी आक्रमण भनेको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

पारिवारिक साथ मिल्नेछ । प्रेममा सुधार देखिन्छ । नयाँ सम्बन्ध कायम हुनेछ ।

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाले पार्लियामेन्टको हत्या गर्ने काम कार्यकारिणीको नभएको बताउनुभएको छ ।…

हाल उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

रोजगारीमा नया जिम्मेवारी थपिनेछ । उत्साहले काम बन्नेछ । पारिवारिक छोटो यात्रा हुनेछ ।

सभामुख सापकाेटाले भन्नुभयाे, 'संसद भित्र न प्रतिपक्षले न कुनै माननीय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन ।’