Logo कार्तिक १४, २०७७ शुक्रबार


कोरोना भाइरसको संक्रमणबाट झापामा थप दुई जनाको मृत्यु

झापा । कोरोना भाइरसको संक्रमणबाट झापामा थप दुई जनाको मृत्यु भएको छ ।

शुक्रवार एकै रात दुईजना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन्। मृतक दुवै पुरुष हुन्।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ५८ वर्षीय पुरुष रहेका छन्।

उनको घरमा नै मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ।

क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो।

शुक्रबार राति उनको मृत्यु भएको परिवारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।