Logo कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं उपत्यकामा नाका सील गर्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमितको संख्या अत्यधिक बढ्दै गएपछि पुनः निषेधज्ञा लगाउने सम्भावना बढेको छ ।

दशैं शुरु भएसँगै उपत्यका बाहिरिने र भित्रिनेको चहलपहल बढ्ने भएकोले दशैंकै बेला निषेधज्ञा लगाउने स्थानीय प्रशासनको योजना छ ।

कोरोना संक्रमण अत्यधिक नियन्त्रणका विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओहरु बीच शनिवार भर्चुअल बैठक बस्दैछन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् । बैठकमा नाका सील गर्ने लगायतका निर्णय हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सर्वसाधारणले पनि ठूला चाडपर्वका लागि रकमको जोहो गर्ने र यही समयमा बढी खर्च गर्ने गरेको पाइन्छ ।

भारत र अमेरिकाका वायुसेनाबीचको सहकार्यका लागि यो महत्त्वपूर्ण हुनेछ ।

दिल्लीलाई हराउन सके हैदराबादको अंक तालिका समेत सुधार हुनेछ ।

चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना महामारीले काम र कमाई गुमाएका तथा स्वदेश फर्कन चाहेका नेपाली नागरिक स्वदेश फर्किएकाे बताइएकाे छ । स

ट्याक्सी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।