Logo कार्तिक १२, २०७७ बुधबार


शक्तिपीठमा श्रद्धालुकाे भीड, काेराेना संक्रमणकाे उच्च जाेखिम

काठमाडौं । नवरात्रिको पहिलो दिन (शनिबार) काठमाडौं उपत्यकाका शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड लागेको छ । कोभिड–१९ संक्रमणको जोखिमका कारण सरकारले सर्वसाधारणका लागि शक्तिपीठहरु खुल्ला नगर्ने बताए पनि दर्शनार्थीहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका हुन् ।

शनिबार बिहान भद्रकालीलगायतका शक्तिपीठहरूमा पूजाआजाका लागि पुग्ने श्रद्धालुहरुको भीड देखिएको छ । उनीहरु पूजा गर्नका लागि लामो लाइनमा पालो कुरिरहेका देखिएका छन् । आज नवरात्रिको पहिलो दिन भएकाले पनि भक्तालुहरु मन्दिर तथा शक्तिपीठमा पुगेका श्रद्धालु बताउँछन् । अघिल्ला वर्षहरुको तुलनामा कम भीड भएपनि कोभिड-१९ संक्रमणको जोखिमलाई बेवास्ता गर्दैै भक्तालुहरु पूजाआजाका लागि शक्तिपीठ पुगेका छन् ।

सरकारले भने कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तरपनि मानिसहरु कोभिड संक्रमणको जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग कुटनीतिक मूल्य र आचारसंहिता विपरित भेटेको र यस्तो कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा…

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।

विजयनगर महादेइयाका स्थानीय राम निवास पुरी भन्छन्, 'सडकमा हिड्न समेत सकिदैन । पुरै बालुवा मात्र हालिएको छ ।'

प्रदेश १ का एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।