Logo कार्तिक १४, २०७७ शुक्रबार


तपाईँको यो साता (कात्तिक २ देखि ८ गते सम्मको राशिफल)

मेष- पद प्रतिष्ठामा आँच आउनेछ । काममा बाधा गर्नेहरु अगाडि सर्नेछन् । पेटको समस्याले स्वास्थ्यमा समस्या बल्झिनेछ । अचानक काममा पैसा खर्च गर्नुपर्नेछ । पुरानो कामको समस्या आइपर्ने तथा मित्रहरुबाट धोका हुन सक्नेछ । धर्ममा रुचि बढ्ने एवम् विदेशबाट फाइदा मिल्नेछ । परोपकार र साझा काममा समय जानेछ । सानो यात्रा हुनेछ । सन्तानको प्रगति एवम् भाग्यले साथ दिनेछ । सरकारी क्षेत्रमा फाइदा, पदप्रतिष्ठामा वृद्धि एवम् रोजगारीको राम्रो अवसर मिल्नेछ । क्षमताको कदर मिल्नेछ ।

वृष- प्रेममा प्रगति मिल्नेछ । वैवाहिक कुराले स्थान पाउनेछ । माता पिताको सहयोगले घरायसी वाद विवाद साम्य हुनेछ । व्यावसायिकयात्रा हुनेछ । पारिवारिक भेटघाट एवम् नयाँ मित्रसँग नयाँ कामको थालनी हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा बाधा आउने, काममा रोकावट हुने तथा अपमानको भय रहन्छ । लगानीमा सोचे जस्तो फाइदा कम हुनेछ । साताको अन्त्यमा भने लामो यात्रा हुने, सन्तानको सुख बढ्ने एवम् इष्टमित्रबाट राम्रो सहयोग एवम् अधुरा कार्य बन्ने देखिन्छ ।

मिथुन- घरबाहिरको काममा व्यस्तता बढ्नेछ । साथीभाइसँगको रमाइलोमा धनको व्यय हुनेछ । यात्रामा भन्झट एवम् सरसामान हराउन सक्नेछ । खेलकुदमा मन जानेछ । घरबाट टाढा बस्नुपर्ने एवम् आफन्तबाट छुट्टिनुपर्नेछ । माया प्रेममा मिठो कुराकानी हुने एवं वैवाहिक प्रसंगइष्टमित्रमा चल्नेछ । यात्राको सुख मिल्ने एवम् नयाँ ठाउँमा भ्रमण हुनेछ । काममा बाधा आउने, बीचमा स्वास्थ्यले समस्या दिने एवम्आफन्तमा झमेला आइपर्नेछ । खर्च बढ्नाले आँटेको काममा ढिलासुस्ती हुनेछ ।

कर्कट- बौद्धिक काममा मन बढी जानेछ । सन्तानको पक्षबाट खुसीको खबर मिल्ने एवं साथ सहयोगले आर्थिक काममा टेवा पुग्नेछ । अध्ययनमा सफलता मिल्नेछ । कला, संगीत एवम आध्यात्मिक रुचि बढ्नेछ । सन्तानले सहयोग गर्ने एवम् व्यापार व्यवसायमा आम्दानीराम्रो हुनेछ । स्वास्थ्यले साथ दिने तथा शत्रु बाधा हटेर जानेछ । मुद्दा मामिला एवम् वादविवादमा आफ्नो जीत हुनेछ । साताको अन्त्यमा भने यात्रा गर्नुपर्ने तथा प्रियमित्रसँग भेटघाट हुनेछ ।

सिंह- धनको कारणले मानसिक चिन्ता बढ्नेछ । पैतृक सम्पत्तिको किचलोले पारिवारिक समस्या बल्झिनेछ । घरका सदस्यसँग कुरा नमिल्नाले आफ्नो योजना विफल हुनेछ । जग्गा जमिन एवम् साँध सिमानामा कलह हुनेछ । विद्यामा भने प्रगति एवम् काममा उत्साह बढ्नेछ । धनको सहयोग गर्ने अघि सर्ने तथा छोराछोरीबाट खुशी बढ्नेछ । कला संगीतमा प्रगति हुने एवम् माइती मावली ससुराली पक्षबाट आर्थिक सहयोग मिल्नेछ । व्यापारमा आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । फलफूल र अन्नको कारोबारबाट आम्दानी हुनेछ ।

कन्या- काममा थप जिम्मेवारी बहन गर्नु पर्नेछ । हिडडुलमा बढी धन खर्च हुनेछ । महत्वपूर्ण काम थाति बस्नेछ। सानो यात्रा गर्नुपर्नेछ । दाजुभाइबाट सहयोग मिल्ने तथा बन्धुबान्धवबाट आश्वासन मिल्नेछ । जिम्मेबारी थपिने तथा नयाँ काममा आँट मिल्नेछ । साताको मध्यमा भने महिला वर्गसँग दुश्मनी एवम् परिवारमा मित्रता टुट्नेछ । साताको अन्त्यमा भने विद्याध्यनमा प्रगति एवम् कृषि तथा होटल व्यवसायबाट राम्रो आम्दानी हुनेछ ।

तुला- धनको कारोबार बढ्नेछ । ऋणको बोझ कम हुनेछ । आफन्तको साथ सहयोग राम्रो मिल्नेछ । बोलीबचनले साथ दिनेछ । बोलीको प्रभावमा मित्रको सहयोग मिल्नेछ । भोजनको सुख मिल्ने तथा नयाँ सरसामानको सुख मिल्नेछ । सवारी सुख बढ्ने, धनपैसाको जोहो हुनेएवम् दाजुभाइबाट साथ सहयोग रहनेछ । अपर्झट नयाँ कामका लागि यात्रा गर्नुपर्नेछ । साताको अन्त्यमा भने पारिवारिक द्वन्द बढ्ने एवम् मानसिक तनाव हुने देखिन्छ ।

वृश्चिक- भोगविलासितामा धन बढी जानेछ । काममा फाइदा मिल्नाले पुरानो गर्जो टर्नेछ । घरायसी व्यावहारिक चिन्ता कम हुनेछ। रमाइलोमा खर्च हुनेछ । साथीभाइसँग नयाँ ठाउँको भ्रमण एवम् प्रेममा प्रगति हुनेछ । सम्पत्तिको कारोबार बढ्ने एवम् आर्थिक सहयोगीहरु अगाडि आउनेछन् । विद्याध्ययनमा प्रगति एवम् राजनीतिमा पहुँच बढ्नेछ । नयाँ जग्गाजमिनको खरिबबिक्री तथा कृषिबाट राम्रो आम्दानी हुनेछ । बन्धु बान्धवको सहयोगले वैदेशिक कामबाट राम्रो फाइदा मिल्नेछ । नयाँ साथी मित्रताले नयाँ लगानीको वातावरण तयार हुनेछ ।

धनु- सरसामान नोक्सानी हुनेछ । पारिवारिक यात्रामा खर्च हुनेछ । अनावश्यक लागत बढ्नाले खर्चको तनाव हुनेछ । स्वास्थ्यमा समस्याआउने तथा साथीभाइसँग सामान्य मनमुटाव रहनेछ । साताको मध्यमा भने मनोरञ्जनमा दिन बित्ने एवम् साथीभाइसँग भेटघाट हुनेछ ।खानपिनमा मोजमस्ती मिल्नेछ । पुरानो मित्रको भेटले नयाँ काममा योजना बन्नेछ । साताको अन्त्यमा भने धनको कारोबार हुने, बोलीको कारणले काम बन्ने एवम् सामुहिक र आर्थिक सरसहयोगको कार्यमा सहभागिता भइनेछ ।

मकर- आर्थिक स्तर बढ्नेछ । सवारी मोटरगाडीमा लगानी हुनेछ । घरायसी काममा खर्च बढी हुनेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । आर्थिक सहयोग मिल्नाले आँटको काम पुरा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचारको लागि खर्च हुनेछ । यात्रा र भ्रमणमा रमाइलोमा समय पैसा जानेछ । सामान्य क्षति हुनसक्ने एवम् आलोचनाको भय रहनेछ । साताको अन्त्यमा भने नयाँ मित्र भेटघाट हुने, मनोरञ्जनमा खर्च हुने तथा सानो यात्राको अवसर मिल्नेछ ।

कुम्भ- काममा नयाँ जिम्मेवारी थपिनेछ । नोकरी रोजगारी बाट आम्दानी मिल्नेछ । राजनीतिक क्षेत्रमा बलियो पकड रहनेछ । पद, प्रतिष्ठामावृद्धि एवम् प्रसंशनीय काममा जस मिल्नेछ । आम्दानीको रफ्तार बढ्नाले धन सम्पत्तिको चिन्ता घट्नेछ । पशु चौपाया एवम् कृषिबाटआर्थिक सहयोग मिल्नेछ । साताको अन्त्यमा भने यात्रामा खर्च हुने, सामान्य चोटपटकको भय रहन्छ । आफन्तमा मनमुटाव बढ्नाले
तनाव बढी हुने देखिन्छ ।

मीन- सामाजिक काममा व्यस्तता बढ्नेछ । साथीभाइसँगको रमाइलोमा समय व्यतित हुनेछ । वैदेशिक कामबाट फाइदा मिल्नेछ ।  ठूलावडाको साथ मिल्नाले काममा प्रगति देखिन्छ । धार्मिक एवम् सामाजिक क्षेत्रमा योगदान हुने एवम् परोपकारमा मन जानेछ ।वैदेशिक काममा प्रगति मिल्ने एवम् टाढाका आफन्तले आर्थिक सहयोग गर्नेछन् । राजनीतिक क्षेत्रबाट सहयोग मिल्ने एवम् ठूलावडाको साथ पाउनाले फाइदा आफूलाई हुनेछ । आम्दानीको स्तर बढ्ने एवम् धनसम्पत्तिको प्राप्ती देखिन्छ । कृषि पशुचौपायाबाट  धनार्जन हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।