Logo कार्तिक १४, २०७७ शुक्रबार


ऋणले थला पर्दै इलामका होटल व्यवसायी

भगीरथ भण्डारी
इलाम । इलामलाई पूर्वकै राम्रो पर्यटकीय सम्भावना भएको जिल्लाको रुपमा लिने गरिन्छ । यहाँको अनेक क्षेत्रलाई पर्यटनसँग जोडेर प्रचारप्रसार हुन्छ । त्यसैले पर्यटकीय गतिविधि बढाउन संघ प्रदेश र स्थानीय तहले बजेट लगानी गरिहेका छन् । पर्यटनको राम्रो सम्भावना भएकाले निजी क्षेत्रको लगानी पनि वर्षेनी बढ्दो छ । तर, कोरोना माहामारीपछि पर्यटकीय गतिविधि ठप्प हुँदा निजी क्षेत्रका लगानीकर्ता नराम्रोसँग प्रभावित भएका छन् । उनीहरु बैंकको ऋण तिर्न नसकेर थलिने अवस्थामा पुगेका छन् ।

पर्यटकी नगरीको रुपमा चिनिएको इलामको सूर्योदय नगरपालिका–८ मा एक वर्ष अघि १५ करोड लगानीमा होटल ‘स्टन ब्लू’ खुल्यो । होटलमा लगानी गरेका नरेन्द्र रिजालले एनआईसी एशिया बैक बाट ऋण लिएका थिए । झापाको शिवसताक्षी नगरपालिका–११ का रिजालले अघिल्लो वर्षको दशैको मुखबाट होटल सञ्चालन शुरु गरेका थिए । होटल शुरु गरेको ६ महिना बित्न नपाउँदै गएको चैत ११ गतेदेखि भएको लकडाउनसँगै होटल पनि बन्द भयो । होटल सञ्चालन शुरु भएको छ महिना बित्न नपाउँदै बन्द गर्नुपर्ने परिस्थिति सिर्जना भएपछि होटल बनाउन बैकबाट लिएको ऋणको किस्तानै बुझाउन गाह्रो भएको स्टन ब्लुका सञ्चालक नरेन्द्र रिजाल बताउँछन । ‘महिनाको ६ लाख रुपैयाँ बैंकको लकडाउनको चार महिनामा एक रुपैयाँ पनि कारोबार भएन’, रिजालले भने,‘होटल थालेकै वर्ष कोरोना माहामारीका कारण व्यवसाय बन्द भएपछि ऋणमाथि ऋण थुपिएर थलानै परियो ।’

बैंकको मासिक किस्ता नतिर्ने ऋणीलाई कालो सूचिमा राख्थ्यो । माहामारीपछि नेपाल राष्ट्र बैंकले लोनको २० प्रतिशत लगाईदिने भनेपछि मासिक किस्तामा केही सहज भएको रिजाल बताउँछन् । राष्ट्र बैंकले लगाइदिने किस्ताले ऋण लिएको बैंकमा तत्काल कालोसूचिमा पर्नबाट जोगिने मात्रै हो । बैंकले दिएको सहुलियत पनि ऋणकै रुपमा बढ्दै जान्छ । यसबाट व्यवसायीलाई केही राहत भएपनि बैंकको ऋण भने बढिरहेको उनले बताए । ‘किस्ता तिर्न नसकेपछि ऋण दिनदिनै बढिरहेको छ, लकडाउन अन्त्य भएपनि आम्दानी भएको छैन’,रिजालले भने,‘लकडाउन खुलाएपनि आवतजावत नहुँदा अहिले पनि व्यवसायमा मन्दिनै छ, बैंकको ऋण अहिलेपनि पाँच करोड छ ।’

सूर्योदय नगरपालिका वडा नम्बर ५ को अन्तुमा स्थापना गरिएको होटल ‘माउण्ट भिजन रिसोर्ट’ गत वर्षको माघ महिनादेखि सञ्चालनमा आएको थियो । ४० लाखको लगानीमा बनाइएको होटल सञ्चालन थालेको दुई महिनापछि नै कोरोना संक्रमणका कारण लकडाउँन घोषणा भएपछि बन्द भयो । लकडाउन पछि बन्द भएको होटल अहिले पनि खुलेको छैन ।

माउण्ट भिजन रिसोर्ट बनाउन होटल सञ्चालक मनोज कुमार केसीले सनराईज बैँक र झापाको एक सहकारीबाट ऋण लिएका छन् । बैंकबाट त्रैमासिक रुपमा ५० हजार रुपैयाँ किस्ता बुझाउने गरी ऋण लिएको भएपनि अहिले उनलाई किस्ता तिर्न धौधौ छ । सहकारीमा हालसम्ममा एक लाख १७ हजार रुपैयाँ तिर्नुपर्नेछ । सहकारीमा मासिक रुपमा बुझाउनुपर्ने रकमको जोहो गर्न नसकेपछि सहकारीको व्याज पनि सावा बराबरकै ऋणमा परिणत गरेको केसीले बताए । ‘ऋण काडेर पर्यटकीय क्षेत्रमा रिसोर्ट बनाउन थाले, सञ्चालन शुरु गरेको दुई महिनामै बन्द भयो’, केशी भन्छन्,‘ व्यवसायनै बन्द भएपछि आम्दानी सुको छैन, ऋण बढेको बढेकै छ ।’ सरकारले होटल खुलाउने निर्णय गरेपछि पाँच जना कामदार राखेर होटल खुलाएका थिए । तर पर्यटक नभएपछि कामदारलाई घर पठाएर परिवारकै दुईजनाले होटल खोलेर बसेका छन् । तर, पर्यटक नभएपछि होटल रुघ्ने भन्दा अरु केही नभएको केसीले बताए । कोरोनाको माहामारी पछि देखिएको आर्थिक संकटका कारण इलाम सदरमुकाममा चलिरहेका होटलहरु धमाधम बन्द हुन थालेका छन् । थप आर्थिक क्षति ब्यहोर्न नसक्ने भन्दै व्यवसायीले हाटल बन्द गरेर घरधनीलाई चाबी बुझाउन थालेका हुन् । इलामको चोक बजारको बसपार्कमा २५ वर्षदेखि सञ्चालनमा रहेको तमु होटल कोरोना कहरकै कारण बन्द भयो ।

होटल सञ्चालक हिमा गुरुङ्गले थप आर्थिक क्षति व्यहोर्न नसक्ने अवस्था आएपछि व्यवसाय बन्द गर्नुपरेको बताउँछिन् । बसपार्कमै रहेको गजुरमुखी होटल सञ्चालन गरिरहेका कृष्ण राईले भदौको शुरुदेखिनै होटल चलाउन छाेडेका छन् । बसपार्कमै होटल हाम्रो पोखरेली होटल चलाइरहेका विजय राई पनि बसपार्कको होटल बन्द गरेर ठाउँ सर्दैछन् । उनी बस पार्कभन्दा अपायक पर्ने ठाउँको निर्माणाधीन घरमा होटल चलाउने तयारीमा छन् । होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले लकडाउँन यता जिल्लामा सञ्चालित ठूलो लगानीको होटलबाट दैनिक ४० हजार हाहारहारी, मझौला लगानीका होटलबाट होटलबाट २० हजार हाहारहारी र साना होटललाई छ हजार रुपैयाँ नोक्सानी हुने अनुमान गर्छन् । ‘१० देखि १५ लाखसम्म लगानीमा खुलेका साना होटलहरु सामानय रुपमा चलेको भएपनि कर्जा लिएर ठूलो लगानीमा बनाइएका होटल बढी समस्यामा छन्’, पौडेलले थपे,‘सरकारले अन्य विभिन्न क्षेत्रका व्यवसायमा अनुदान समस्यामा परेका होटल व्यवसायमा लगानी नगरेका कारण व्यवसायनै संकटमा परेको हो ।’

होटलमा गरिएको सबै लगानी व्यसायीकै हुने भएकाले कोरोनाका माहामारीपछि उत्पन्न भएको आर्थिक संकटका कारण थला परेको पौडेलले बताए । ‘पर्यटन क्षेत्र पुरानै अवस्थामा नफर्किएसम्म सरकारले अनुदान दिए निजी क्षेत्रबाट धानिएको व्यवसायीलाई केही सहज हुने थियो’, उनले थपे ‘बैंकबाट ऋण लिएर व्यवसाय गरेकाहरुलाई केही समस्या देखिने बित्तिकै बैंकहरुले झन् तागेता गर्ने र थप ऋण पनि नदिने भएकाले व्यवसाय धान्नै समस्या भएको हो ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।