Logo कार्तिक १४, २०७७ शुक्रबार


यी हुन् दुनियाँका सबैभन्दा महँगो रक्सी,वियर र पानी

एजेन्सी । दशैं र तिहार जस्तो चाडपर्वको प्रसँग उठ्ने वित्तिकै रक्सी र वियरको कुरा आइहाल्छ । चाडपर्वमा पिउनु नेपालीले संस्कार नै बनाइसकेका छन् । त्यसो त मद्यपान आफैंमा धुम्रपान जस्तो हानिकारक होइन । मात्रा मिलाएर पिउन जाने यसले औषधिको काम गर्ने स्वयम् चिकित्सकहरु बताउछन् । तर पिए पछि बोत्तल नै रित्याउनुपर्ने र होश ठेगान नै गुमाउनुपर्ने प्रवृत्तिले गर्दा मद्यपानप्रति हेर्ने आम दृष्टिकोण उति सकरात्मक छैन ।

प्रस्तुत लेखले मद्यपानलाई प्रोमोट गर्दैन । बरु विश्वका सबैभन्दा महँगो मदिरा र पानीबारे जानकारी दिनु यो लेखको उदेश्य हो ।

सबैभन्दा महँगो रक्सी

विश्वको सबैभन्दा महँगो रक्सीको मूल्य यति छ कि त्यसबाट ५० किलो सुन किन्न सकिन्छ । यति महँगो रक्सीको नाम बिलिनेयर भोड्का हो । यसको एक बोतलको मूल्य नै करीब नेपाली ४० करोड रुपैयाँ पर्छ । यसबाट झण्डै ५० किलो सुन किन्न सकिन्छ ।

यो रक्सी यति महँगो हुनुको कारण भोड्का नभई बोतल हो । अर्थात बिलिनेयर भोड्काको बोतल सबैभन्दा मूल्यवान छ । यदि कसैले यस भोड्काको एउटा खाली बोतल पायो भने ऊ रातारात करोडपति बन्छ । किनभने यस भोड्काको बोतलमा ३ हजार वटा हीरा जडान गरिएको छ । यस बोतललाई डिजाइनर लियोन वेरेसले डिजाइन गरेका हुन् । यस्तै यो भोड्का रुसको रहस्यमय विधिबाट तयार पारिएको छ । त्यसैले यो भोड्का अहिलेसम्मको सबैभन्दा महँगो रक्सी मानिएको छ

सबैभन्दा महँगो बियर, एक बोतलकै पर्छ ३ लाख

दुनियाको सबैभन्दा महँगो बियर उत्पादन गर्ने कम्पनी ब्रीयुइंग अन्टार्कटिक नेल ऐल हो । यसको एक पोइन्ट बियरको मूल्य नै कम्तीमा ३ लाख नेपाली रुपैयाँ पर्छ । अन्टार्कटिकको यो बियर अब २०–२५ बोतल मात्र बाँकी रहेको छ । बाँकी रहेका बोतल पनि सबै अस्ट्रेलियामा रहेको छ ।

एक बोतल पानीको मूल्य करोड रुपैयाँ

धेरै जनालाई थाहा नहोला भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पिउने एक बोतल पानीको मूल्य करिब ३५ सय नेपाली रुपैयाँ पर्छ । यसैलाई आम्मै ! कति महँगो पानी ? भन्नुभयो भने तपाई गलत ठहरिनुहुन्छ । किनकि विश्वको सबैभन्दा महँगो पानीको मूल्य हाम्रो कल्पनाबाहिरको छ । अर्थात विश्वको सबैभन्दा महँगो पानीको मूल्य एक बोतलको करिब एक करोड नेपाली रुपैयाँ पर्छ । यति महँगो पानीको नाम हो यसलाई उत्पादन गरेको हो बेवर्ली हिल्स ढइज्द्दइ । यो पानीको बोतल पनि हीराबाट बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।