Logo कार्तिक १४, २०७७ शुक्रबार


सात महिनादेखि बन्द रहेको विदेशी पर्यटक आगमन खुला

काठमाडाैं । कोरोना जोखिमका कारण ७ महिना बन्द रहेको विदेशी पर्यटक आगमन आजदेखि खुला भएको छ ।
कोरोना भाइरसको संक्रमण उच्च रूपमा फैलिरहेको भए पनि सरकारले आजदेखि विदेशी पर्यटक आगमन खुला गरेको हो ।

चैत ११ देखि बन्द रहेको पर्यटन क्षेत्रले यो अवधिमा ७० अर्बभन्दा बढी क्षति व्यहोर्नुपरेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ ।

यसअघि ५ चैतदेखि बन्द गरिएको अनअराइभल भिसा पनि सरकारले खुलाइसकेको छ । तर, नेपाल आउने विदेशी पर्यटकलाई पीसीआर परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ भने नेपाल आएपछि ७ दिन होटेल क्वारेन्टाइन बसेर पुनः परीक्षण गरेपछि मात्रै घुम्न जान पाउने व्यवस्था गरिएको छ । तर, व्यवसायीले भने बढीमा तीन दिन मात्रै राखेर परीक्षण गराइ घुम्न पठाउन पाउनु पर्ने माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।