टाउकाे काटेर शिक्षककाे हत्या

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या भएको छ । पेरिसका एक शिक्षकले आफ्ना विद्यार्धीलाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन देखाएको भन्दै आतंककारी समूहले हत्या गरेको फ्रान्सका सुरक्षाकर्मीले जनाएका छन् ।
आतंकवादी समूह इस्लामिक स्टेटले शुक्रबार बेलुका स्कूल नजिकै उनको हत्या गरेको प्रहरीले जनाएको छ । घटनालाई आतंकवादी आक्रमणका रुपमा लिएर अनुसन्धान भइरहेको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटनास्थलको निरीक्षण गर्नु भएको छ ।
वाक स्वतन्त्रताबारे पढाएकै कारण शिक्षकको हत्या भएको राष्ट्रपति म्याक्रोँको भनाइ छ । शिक्षकको नाम भने खुलाइएको छैन । घटना लगत्तै प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न खोजेको थियो, तर भागेपछि गोली चलाउँदा आक्रमणकारीको मृत्यु भएको छ ।
सन् २०१५ मा स्थानीय व्यंग्य पत्रिका सार्ली एब्डोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको विवादास्पद कार्टुनका कारण पत्रिकाको कार्यालयमा आतंकवादी आक्रमण भएको थियो ।