Logo कार्तिक १४, २०७७ शुक्रबार


उच्च रक्तचाप भएकालाई कारोनाको बढी खतरा

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई थप सावधानी अपनाउन आग्रह गरेको छ ।

उच्च रक्तचापका बिरामीमा कोरोना संक्रमणको जोखिम उच्च हुने भएकाले सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको हो । विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन आवश्यक रहेको बताउनुभयो ।

उच्च रक्तचापले मस्तिष्कघात, हृदयघात हुनेदेखि लिएर आँखा तथा मिर्गौलामा असर गर्ने उहाँको भनाई छ । सुर्तिजन्य तथा मदिराजन्य पदार्थको सेवन नगर्न र जीवनशैलीमा परिवर्तन गरे उच्च रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

४० वर्ष उमेर माथिका व्यक्तिले नियमित रुपमा रक्तचापको परीक्षण गराउन समेत मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।