Logo कार्तिक १४, २०७७ शुक्रबार


आर्डेन दोस्रोपटक न्यूजिल्याण्डको प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी । ज्यासिन्डा आर्डेन दोस्रोपटक न्यूजिल्याण्डको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । ७७ प्रतिशत मत गणना सकिदा लेभर पार्टीले ४९ प्रतिशत र विपक्षी नेशनल पार्टीले २७ प्रतिशत मत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

प्रारम्भिक निर्वाचन परिणाममा सत्तारुढ दलले संसदका १ सय २० सिटमध्ये हालसम्म ६४ सिटमा विजय हासिल गरेको छ । सन १९९६ मा नयाँ राजनीतिक ब्यवस्था लागू भएयता न्युजिल्याण्डमा एउटै दलले सर्वाधिक सिटमा जित हासिल गरेको यो पहिलो पटक भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अन्तिम मत परिणाम घोषणा हुन भने केही दिन लाग्ने बताइएको छ ।

विदेशमा बस्नेहरुले गरेको मत गणना हुन बाँकी रहेको छ । प्रारम्भिक मत परिणाम घोषणापछि प्रधानमन्त्री आर्डेनले पार्टीलाई बहुमत दिएकोमा मतदातालाई धन्यवाद दिनुभएको छ । मुख्य विपक्षी नेशनल पार्टीको नेता जुडिथ कोलिन्सले पराजय स्वीकार्नुका साथै लेबर पार्टीको उत्कृष्ट परिणामका लागि बधाइ दिनुभएको छ । ज्यासिन्डा सन २०१७ मा प्रधानमन्त्री बन्नुभएको थियो । संसारकै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेपछि उहाँको संसारभर चर्चा भएको थियो ।

कोरोना भाइरस महामारी बिरुद्ध उत्कृष्ट काम गरेकोमा आर्डेनको प्रशंषा हुँदै आएको छ । न्यूजिल्यान्डमा हालसम्म दुई हजारभन्दा कममा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।