Logo कार्तिक १४, २०७७ शुक्रबार


आइपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले छैटौं जित निकालेको छ ।

युएईमा जारी १३ औं संस्करणको शनिबार भएको खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै बैंगलोरले छैटौं जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

बैंगलोरलाई जित दिलाउन एबी डी भिलियर्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले । बैंगलोरको जितमा निर्णायक इनिङ्स खेलेका उनले २२ बलमा ६ छक्का र १ चौका प्रहार गरे ।

यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए । गुर्किरात सिंह १९ रनमा अविजित रहदा आरोन फिन्चले १४ रन बनाए ।

राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानको लागि कप्तान स्टिभ स्मिथले ७५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोबिन उथप्पाले ४१ रन जोड्दा जोस बट्लरले २४ रन बनाए । बेन स्टोक्सले १५ रनमा आउट भए ।

बैंगलोरका क्रिस मोरिसले ३ तथा युजभेन्द्र चाहलले २ विकेट लिए ।

जितसँगै बैंगलोरले ९ खेलमा १२ अंक जोडेको छ । बैंगलोर तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

समितिहरुले पनि आफ्नो कार्यक्षेत्रमा दिएका निर्देशन दिएपछि पालना भए/नभएको विषयमा खासै चासो राख्ने गरेको भने पाइएको छैन ।

साताको मध्यमा भने भोगविलासमा खर्च हुने, व्यापारमा आम्दानी बढ्ने एवम् सोचेको कुरामा फल प्राप्ति हुनेछ ।

अञ्जली अधिकारी र तक्र बमकाे मुख्य अभिनय रहेकाे म्यूजिक भिडियाेकाे निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे ।

मानव बस्तीसँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका छन् ।

आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुशी लागेको छोरा दधिरामले बताउनुभयो ।

मैत्रिपूर्ण खेलका लागि प्रशिक्षक बाल गोपाल महर्जनले टोलीलाइ अभ्यास गराइरहेका छन् ।