Logo कार्तिक १४, २०७७ शुक्रबार


स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु

उदयपुर । जिल्लामा स्कार्पियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्करपियो शनिबार राति १२ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्की रहेका छन् । अन्य तीन जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

घर्टनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पनव खड्का रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।

कात्तिक एक गतेदेखि ११ गतेसम्म निकुञ्जमा एक सय तीन जना आन्तरिक पर्यटकले शुक्लाफाँटा अवलोकन गरेको रेञ्जर चाैधरीले जानकारी दिनुभयो ।