Logo बैशाख २, २०७८ बिहीबार


चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालनमा

कास्की । जिल्ला प्रहरी कार्यालयले पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । शनिबार कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । एक ट्राफिक प्रहरी तथा एक जनपथ प्रहरीले सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्नेछन् ।

आउँदै गरेको विजयादशमी, शुभदीपावली, छठ तथा ईदपर्वलाई लक्ष्य गरी तयार गरिएको ‘चाडपर्व विशेष सुरक्षा योजना’ अन्तर्गत २४सैं घण्टा सेवा प्रवाह गर्ने गरी यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

चाडपर्वका बेला सवारी आवागमनमा वृद्धि, ट्राफिक व्यवस्थापन, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा सवारी दुर्घटना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सहायता कक्षको स्थापना गरिएको  श्रेष्ठले बताउनुभयो ।

त्यसैगरी, बागलुङ बसपार्कमा समेत सहायता कक्ष राखिने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष

विपक्षी सांसदहरुले विशेष अधिवेशन आह्वान गर्न माग गर्दै प्रदेश प्रमुख शेरचनलाई निवेदन दिने तयारी गरेका छन् ।

भुसालले भन्नुभयो, 'महन्थ र ओली सबैभन्दा असंगतिला पात्र हुन् । तर, आज आफ्नै पार्टीका नेतालाई लखेटेर महन्थसँग गठबन्धन गरेर सरकार…

अधिवेशन अन्त्य भइसकेपनि नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन्…

संसदमा पेस भएको संघीय निजामती सेवा विधेयकमा अधिकृत पदमा खुलाबाट ८० प्रतिशत र बढुवाबाट २० प्रतिशत पदपूर्ति गर्ने व्यवस्था गरिएको…

हालसम्म बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ ।

घाइते तामाङको विएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।