Logo कार्तिक १४, २०७७ शुक्रबार


प्रदेशसभा सदस्य भट्टलाई कोरोना संक्रमण

बैतडी । बैतडीबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशसभा सदस्य भट्टलाई कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा सामान्य समस्या आएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो । अहिले सदरमुकामस्थित गढीमा रहेको घरमै होम आइसोलेसनमा बसिरहेको प्रदेशसभा सदस्य भट्टले बताउनुभयो ।

असोज १३ गते प्रदेश राजधानी कैलालीबाट फर्किनुभएका प्रदेशसभा सदस्य भट्ट यसअघि जिल्लाका विभिन्न सार्वजनिक कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । उहाँका गाडी चालकको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे एसएसपी ढकालकाे भनाइ छ…

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।