Logo कार्तिक १४, २०७७ शुक्रबार


कोरोना संक्रमणबाट इलाममा पहिलो पटक एकको मृत्यु

भगीरथ भण्डारी
इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो ।

मृगौला सम्बन्धी बिरामी भएर नोवेल अस्पतालमा उपचारत सुर्योदय नगरपालिकाका–८ की ८ वर्षीया बालिकाको चार दिनअघि कोरोना पुष्टि भएको थियो । अस्पतालबाट घर ल्याउँदै गरेको अवस्थामा राति साढे ११ बजे बालिकको बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बालिकाको नेफ्रोटिक सिन्ड्रोमको उपचार भइरहेको थियो । असोजको ६ गतेबाट उपचारको लागि विराट नर्सिङ होममा राखिएकी बालिकामा कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि भेन्टिलेन्टर नपाएपछि उनलाई घर ल्याउने क्रममा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भीड नदेखिएकाे एसएसपी ढकालकाे भनाइ छ…

-प्रेममा शंका बढ्नेछ । कामममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

हिमालयन क्षेत्रमा भूकम्पीय चाप तयार भएको अध्ययनको निष्कर्ष रहेको छ ।

डोटीको केआइ सिंह गाउँपालिका–६ फलेडी आउनुभएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लड्नुपर्ने बताउनुभएको हो ।